Sunday, December 11, 2016

मुस्ताङका विद्यालयमा सन्दर्भ सामाग्री वितरण

केशव बि.क./मुस्ताङ साप्ताहिक
जिल्ला शिक्षा कार्यालय मुस्ताङको सहजीकरण तथा यूएसआइडीको आर्थिक तथा प्राविधक सहयोगमा मुस्ताङ जिल्लाका ५३ वटा सामुदायिक विद्यालय र ५ वटा श्रोत केन्द्रहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमबाट प्राप्त सन्दर्भ सामाग्रीहरुको वितरण कार्य सम्पन्न भएको छ ।  
प्रारम्भिक कक्षा (१ देखि ३) मा अध्यनरत बालबालिकाहरुको पढाई सिप प्रर्वधन तथा विकासमा सहयोग पु¥याउन सन्र्दभ सामाग्रीहरु वितरण गरिएको जिल्ला शिक्षा अधिकारी युवराज बगालेले बताए ।
विशेषत मुस्ताङ जिल्लाका सामुदायिक विधालयहरुमा अध्ययन गर्ने अधिकाँस बालबालिकाहरुका लागि अतिरिक्त पाठ्य सामाग्रीहरु प्रयाप्त मात्रामा उपलब्धता नभईरहेको सन्दर्भमा यस कार्यक्रमले उनिहरुको पढ्ने बानीको विकासमा ठुलो सहयोग पुग्ने नमुना आधारभुत विधालयका प्रधानाध्यापक सागर शेरचनको भनाई छ । 
सन्दर्भ सामाग्री प्राप्त भए पश्चात बालबालिकाहरु फुर्सदको समयमा पुस्तकको कुनाकुनामा गई अध्यन गर्नुका साथै बाहिर निस्कने तथा हल्ला गर्ने बानीमा सुधार आएको आधारभुत विद्यालयका प्रअ¬¬ राम प्रसाद पौडेलले बताए ।

शैक्षिकसत्र ०७२÷०७३ देखि सँचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम पहिलो चरणमा सप्तरी, बाँके, कञ्चनपुर, भत्तपुर, कास्की, मनाङ, मुस्ताङ, धनकुटा, पर्सा, रुपन्देही, बर्दिया, सुर्खेत, दाङ, डोल्पा, कैलाली र डडेल्धुरा गरी देशका १६ वटा जिल्लाहरुमा शुरुवात भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्ला समन्वय समितिका मुस्ताङका सदस्य तथा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक टंकराज बरालले जानकारी दिए ।
पाठ्य सामाग्रीहरु विशेष गरि कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाहरुलाई लक्षित गरि निमार्ण गरिएकाले आधारभुत तह देखि नै भाषिक विषयहरुमा गुणात्मक सिकाई प्राप्ति गर्नमा सन्दर्भ सामाग्रीहरु उपयोगी हुने विश्वास गरिएको छ । कार्यक्रमले बालबालिकाहरुले भाषागत विषयहरुमा प्राप्त गर्ने सिकाई उपलब्धीले अन्य भाषाहरुको उपलब्धीमा प्रभाव पार्ने हुनाले प्रारम्भिक कक्षामा अध्यनरत बालबालिकाहरुलाई उनिहरुको प्राथमिक भाषामा नै अध्यापन गराउनुपर्नेमा जोड दिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका सम्र्पक ब्यक्ति तथा शाखा अधिकृत लक्ष्मण देवकोटाले बताएका छन् । 
गुणात्मक शिक्षाको लागि राज्यले विभिन्न समयमा विभिन्न प्रकारका कार्यक्रमहरु लागु गरेतापनि अपेक्षीत उपलब्धी प्राप्त नभईरहेको अवस्थामा गुणस्तरीय शिक्षालाई टेवा पु¥याउदै यस जिल्लाको शैक्षिक गुणस्तरलाई बढाउने कार्यमा यो कार्यक्रम सहयोगी हुनेमा आफु विश्वस्त रहेको साथै बालबालिकाको गुणस्तरिय सिकाइर्कका निमिक्त समुदाय, परिवार तथा सरोकारवालाहरुको समेत महत्वपुर्ण भुमिका रहने हुदा आगामी बर्ष देखि समुदाय तथा परिवार तह सम्म यस कार्यक्रम ब्यापक रुपमा लैजाने प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला सँयोजक बुद्धिबल थापा मगरले बताए ।
साथै भर्खरै सम्पन्न राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्ला समन्वय समितिको चौथो बैठकले जिल्ला स्थित पत्रकारलाई समन्वय समितिको सदस्यका रुपमा चयन गरेको छ । सो बैठकमा प्रारम्भिक कक्षा पढाई कायक्रमका क्षेत्रिय कार्यालय पोखराको तर्फ देखि क्षेत्रिय ब्यवस्थापक शसि शाह र क्षेत्रिय फिल्ड सँयोजक दिपक पण्डितको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment