Friday, December 23, 2016

मुस्ताङमा आलोपालो लोड सेडिङ हुने

मुस्ताङ साप्ताहिक संवाददाता/मुस्ताङ
मुस्ताङ सदरमुकाम लगायतका ठाउँमा केही दिनका लागि आलोपालो गरी लोड सेडिङ हुने भएको छ । पौष ६ गतेबाट तातोपानी विद्युत गृहबाट दानामा निर्माणधीन सवस्टेशन सम्मको विद्युततार परिवर्तन (अपग्रेड) गर्ने कार्य भैरहेकाले लोड सेडिङ गरिने बताइएको छ ।
विहान ७ बजे बाट बेलुकी ५ बजेसम्म केन्द्रिय प्रशारण लाईन बन्द हुने र सो कार्य कम्तिमा १५ दिन लाग्ने मौखिक जानकारी प्राप्त भएकाले सो अवधिभर विहानको पिक समयमा सबै क्षेत्रहरुमा आलोपालो गरी लोड सेडिङ हुने विद्युत वितरणको जिम्मा लिएको निलगिरी उपभोक्ता सहकारी संस्थाले जनाएको छ ।

No comments:

Post a Comment