Tuesday, December 13, 2016

मुस्ताङमा हावाबाट तत्कालै एक मेगावाट बिजुली निकालिने

केशव बि.क./मुस्ताङ साप्ताहिक
मुस्ताङ २८ मंसिर

सौर्य उर्जा र वायु उर्जाको प्रचुर संभावना रहेको हिमाली जिल्ला मुस्ताङमा हावाबाट विजुली निकालिने भएको छ । मुस्ताङको सदरमुकाम जोमसोम लगायतका ठाउँमा हावाबाट बिजुली निकाल्न अध्ययन गरिरहेको एक टोलीले तत्कालको लागि एक मेगावाट बिजुली निकाल्ने बताएको छ ।
फाईल तस्विर

साउथ इन्डिया स्थित वायु उर्जा टरवाईन निर्माण कम्पनी एभरेडी क्रिष्टल कम्पनी लिमिटेडका प्रमुख एवं सिनियर इन्जिनियर अभिजित दास, इन्जिनियरहरु, नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियरहरू मिलेर हावाबाट बिजुली निकाल्ने योजनामा मुस्ताङको टुकुचे, मार्फा, जोमसोम, कागबेनी र छुसाङमा अध्ययन गरेका छन् ।
परियोजनामा एभरेष्ट वीन इनर्जी कम्पनीले लगानी गर्ने योजनामा संभावित क्षेत्रको अध्ययन गरिएको छ । ठाउँ अनुकुलको वीन टरवाईन उत्पादनको लागि स्थलगत अध्ययनका गर्न सोही कम्पनीका प्रमुख अभिजित दास पनि मुस्ताङ आएका हुन् ।
टुकुचे देखि छुसाङ सम्म तत्कालको लागि हावाबाट एक मेगावाट बिजुली निकाल्न अध्ययन गरेको वरिष्ठ बैज्ञानिक एवं प्रधानमन्त्रीका वैकल्पिक उर्जा सल्लाहकार डा. रविन्द्र प्रसाद ढकालले जानकारी दिए । वायो उर्जाको लागि राम्रो संभावना बोकेको ठाउँ हो मुस्ताङ । हामी यसलाई पाइलट प्रोजेक्टको रुपमा अगाडी बढाउछौँ । म प्रधानमन्त्रीलाई जसरी पनि वायो उर्जा निकाल्ने विषयमा कन्भिन्स गर्छु । र सकेसम्म यही सरकार रहँदा सम्म काम सम्पन्न गर्ने प्रयत्न गर्छाै । ढकालले भने ।
हावाबाट बिजुली निकाल्नको लागि ७० मिटर प्रति सेकेण्डको हावाको बेगलाई थेग्न सक्ने अत्याधुनिक टरवाईन पंखा जडान गरिने दासले बताए । यो पंखा नेपालमा पहिलो पटक प्रयोग गर्न लागिएको हो । हाल मुस्ताङमा अधिकतम हावाको वेग ३० मिटर प्रति सेकेण्ड रहेको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा यो प्रविधि भित्राउन लागिएको हो । ‘यसमा जुनसुकै दिशाबाट आएको हावा बेगलाई थेग्न सक्ने र ७० मिटर प्रति सेकेण्ड भन्दा बढि वेग भएमा आफै बन्द हुने अत्याधुनिक पंखा जडान गरिनेछ । ‘यो टरवाइन पंखाबाट निस्केको बिजुली नेपाल विद्युत प्राधिकरणको ग्रीड लाइनमा जोडी विद्युत वितरण गरिने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर सन्तोष राईले भने ।  
हावा जुन दिशाबाट आएपनि पंखा घुमिरहने र पंखा जडान गरिएको पोलको उचाई १२ मिटर रहने एभरेडी विन पावर कम्पनीले जनाएको छ । टुकुचे देखि छुसाङ सम्मको विभिन्न ठाउँमा ३ दशमलव ५ किलोवाटको टरवाइन राखी विद्युत निकालिने इन्जिनियर राईले बताए । बिजुली निकाल्न प्रयोग गरिने सबै सामान साउथ इन्डियाबाटै झिकाइने बताइएको छ ।
तत्कालको लागि १ मेगावाट बिजुली निकाल्ने र परीक्षणको क्रमसँगै ३ हजार मेगावाटसम्मको हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन भैरहेको इन्जिनियरहरु बताउँछन् ।
स्पेनिस लगानीकर्ता राफेल भेनस पिच, इन्जिनियरहरू कासिमीरो भर्दागेर, मार्को फोज भर्दागेर र स्पेनमा बसोबास गर्दै आएका एनआरएनका सल्लाहकार पुष्पराज तिमिल्सेनाको टोलीले गत आषाढमा जोमसोममा १ दशमलव ५ किलोवाट मात्र बिजुली दिने वीन पावर जडान गरेको थियो । हालसम्म अछाम, मकवानपुर, सिन्धुली, नवलपरासी लगायतका जिल्लामा वीन पावर जडान गरिएको छ । 

No comments:

Post a Comment