Wednesday, December 21, 2016

मानवअधिकार वर्ष पुस्तक समिक्षा

मुस्ताङ साप्ताहिक संवाददाता
 मुस्ताङ ६ पौष

    औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यायलय पोखराको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक समिक्षा तथा मुस्ताङ जिल्लाको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम बुधवार जोमसोममा सम्पन्न भएको छ ।
    नेपालमा मानवअधिकारको अवस्थाबारे इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको पुस्तकको पूर्व समिक्षा र मुस्ताङको मानवअधिकारको विषयमा छलफल गरी मानवअधिकार विषयक घटनालाई पुस्तकमा समावेश गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
    सन् १९९२ देखि इन्सेकले वर्ष पुस्तक प्रकाशन गर्दै आएको र यस वर्षको वर्ष पुस्तक तथा २४ औँ वर्ष पुस्तक आगामी फागुन ७ गते प्रकाशन गर्ने तयारी भैरहेको इन्सेकका पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिए ।
    छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हकहरुलाई सही रुपमा पालना गरेमा मानवअधिकार सम्बन्धी घटना नघटने भन्दै संविधानको पालना गर्नुेपर्नेमा जोड दिए ।
    त्यसैगरी इन्सेकको वहष वैरवी विभाग प्रमुख सन्ध्या श्रेष्ठले प्रत्येक मानिस सम्मानजनक तरिकाले बाँच्न पाउनु उसको अधिकार भएकाले मानवअधिकारका घटना नलुकाउन आग्रह गरिन् । कार्यक्रममा पूर्व सभासद चन्द्र बहादुर गुरुङले मुस्ताङमा मानवअधिकार हननका घटना न्यून भएको बताए । त्यस्तै जिविसका योजना अधिकृत गोविन्द सिग्देलले मानवअधिकार संरक्षणमा जोड दिए ।
    कार्यक्रममा नागरिक समाज, गैसस महासंघका प्रतिनिधि, मानवअधिकार रक्षक, सुरक्षा प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए ।
    इन्सेकको वहष वैरवी विभाग प्रमुख सन्ध्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेलले गरेका थिए ।    

No comments:

Post a Comment