Thursday, December 8, 2016

मुस्ताङको पूर्ण सरसफाई रणनीतिक योजना प्रस्तुत

मुस्ताङ साप्ताहिक
मुस्ताङ २३ मंसिर

जिविसको सभाहल जोमसोममा बिहिवार आ.व. २०७३÷७४–२०७५÷७६ को लागि मुस्ताङको पूर्ण सरसफाई रणनीतिक योजना मस्यौदा प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । मुस्ताङको वस्तुस्थिति अध्ययन गरी सहजकर्ता फणिन्द्र खड्काले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
 मुस्ताङ जिल्लालाई सन् २०१९ सम्ममा पूर्ण सरसफाई तथा स्वच्छताको आनीबानीमा परिवर्तन भएको जिल्ला बनाई सभ्य, समुन्नत, सुन्दर, स्वच्छ र स्वस्थ समुदाय रहेको जिल्लाको रुपमा निर्माण गर्ने परिकल्पनाका साथ रणनीतिक योजना तयार परिएको हो ।
खानेपानी, सरसफाई र स्वच्छतालाई स्थानिय निकाय, राजनैतिक दल, विभिन्न संघ संस्था तथा संचार क्षेत्रको प्राथमिकतामा पार्ने, जिल्लाको सबै तह, तप्का र वर्गका जनताहरुमा न्यूनतम आधारभूत सरसफाई खानेपानी सुविधा पु¥याउने जसले गर्दा दुषित पानी र सरसफाईको कमीका कारण मानिसलाई लाग्ने सरुवा रोगमा कमी ल्याउन, खानेपानी र सरसफाई सुविधाको विकास एवं विस्तार गर्ने, सरसफाई तथा स्वच्छताको बानीमा सकारात्मक सुधार ल्याई स्वस्थ र सिर्जनशील नागरिक निर्माण गर्ने र मुस्ताङ जिल्लालाई सरसफाई र स्वास्थ्यको क्षेत्रमा देशकै नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताईएको छ ।
जिल्ला परिषदले अन्य कार्यक्रमलाई जस्तै सरसफाईलाई पनि मुख्य प्राथमिकताको क्षेत्रमा अंगिकार गरेको छ । जिल्लाका ८०.५४ प्रतिशत घरधुरीमा शौचालय सुविधा रहेको, करिब ९२ प्रतिशत घरधुरीको व्यवस्थित खानेपानीमा पहुँच रेहेको, सरकारी तथा गैरसरकारी संघसंस्था निजि निकायहरु बिच समन्वयात्मक रुपमा काम गर्ने अभ्यासको विकास भैरेहेको, जिल्लको आफ्नै पहलमा सबै गाविसहरु खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
सन् १९८० मा संयुक्त राष्ट्र संघद्धारा खानेपानी तथा सरसफाई दशको घोषण संगै राज्यले सरसफाईलाई प्राथमिकताको क्षेत्रमा राखेको छ । सन् २००१ म २५ प्रतिशत, सन् २००५ मा ३९ प्रतिशत र हाल ६२ प्रतिशत घरहरुमा सरसफाई सुविधा भएको प्रतिवेदनले देखाएको छ ।
वि.सं. २०६८ को जनगणना अनुसार ८५ प्रतिशत घरपरिवारको खानेपानीमा पहुँच पुगेको छ भने ७० प्रतिशत शौचालय बनेको अवस्था छ । सरसफाईको राष्ट्रिय लक्ष्य सन् २०१७ सम्ममा सबैको लागि आधारभुत सरसफाई र नेपालको संविधान २०७२ मा समेत स्वच्छ वातावरणमा बाच्न पाउने हकको व्यवस्था गरिएको छ ।
कार्यक्रम स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोलाको अध्यक्षता र जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाको संचालनमा सम्पन्न भएको थियो ।  

No comments:

Post a Comment