Monday, December 19, 2016

पूर्ण सरसफाइका लागि आनीबानीमा परिवर्तन गर्नुपर्छः नि.स्थाविअ थापा

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ ४ पौष

जिल्ला विकास समिति मुस्ताङ तथा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (दोस्रो चरण) पोखराको आयोजनामा सोमबार मुस्ताङ जिल्लामा रहेर स्थानिय, क्षेत्रिय तथा राष्ट्रिय संचार क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकारहरु संग एक दिने पूर्ण सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
 पूर्ण सरसफाईको बारेमा जनचेतना फैलाउँदै जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने अभियानमा सहयोग पु¥याउने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । 
अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला इन्जिनियर सकलदेव शर्मा र अनन्तबावु बरालले गरेका थिए । १४ जना संचारकर्मीहरुको उपस्थित रहेको सो कार्यक्रममा पूर्ण सरसफाईका सुचकको बारेमा जानकारी गराईएको थियो ।
नेपाल–फिनल्याण्ड सहयोगको २८ औँ वर्ष वि.सं. २०७३ नेपाल सरकार र फिनल्याण्ड सरकार बिच सन् १९८८ (वि.सं. २०४५) मा विकास सहयोग सम्बन्धी सम्झौता सम्पन्न भए पश्चात आर्थिक वर्ष २०४७÷०४८ देखि निरन्तर रुपमा फिनल्याण्ड सरकारको सहयोग खानेपानी र सरसफाई सम्बन्धी विभिन्न परियोजनाहरु संचालन हुँदै आएका छन् ।
तीमध्ये हाल पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण कार्यान्वयनमा रहेका छन् । उक्त योजनाहरु पश्चिमाञ्चलका १२, मध्यपश्चिमाञ्चलका ४ र सुदूर पश्चिमाञ्चलका ८ जिल्ला गरी २४ वटा जिल्लामा कार्यरत रहेका छन् । दुवै परियोजना परामर्शदातृ संस्था एफसीजी इन्टरनेस्नल हो ।
समापन कार्यक्रममा बोल्दै निमित्त स्थानिय विकास अधिकारी केदारसिंह थापाले पूर्ण सरसफाईका लागि आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए । जसको सुरुवात स्वयम आफैबाट गर्नुपर्ने र आफुले सिकेका कुरालाई समाजमा सिकाउँदै पूर्ण सरसफाई युक्त जिल्ला बनाउने अभियानमा सबै लाग्न आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ मुस्ताङका संयोजक भीम रसाईली, मुस्ताङ साप्ताहिकका प्रकाशक तिलक बिक र सहभागीको तर्फबाट पेमा छेतेन विकले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सहभागीले अभिमुखिकरण कार्यक्रम प्रभावकारी रहेको बताए ।
कार्यक्रम निमित्त स्थानिय विकास अधिकारी केदारसिंह थापाको अध्यक्षता र अनन्तबावु बरालको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment