Monday, August 1, 2016

मुस्ताङमा ३ करोड भन्दा बढि राजस्व संकलन !

केशव विश्वकर्मा
मुस्ताङ, १७ श्रावण
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष ३ करोड भन्दा बढि राजस्व संकलन भएको छ । अर्थिक वर्ष ०७२÷०७३ मा ३ करोड ८१ लाख ८२ हजार ५ सय ९८ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
जिल्ला स्थित विभिन्न २६ वटा सरकारी कार्यालय मार्फत उक्त राजस्व संकलन गरिएको हो ।
गत वर्ष भन्दा यस वर्ष राजस्व संकलन ४६ लाख ८५ हजार ४ सय २५ ले बढि हो । गत आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा ३ करोड ३४ लाख ९७ हजार १ सय ७३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु र पुंजीगत खर्च बढनु, ९० प्रतिशत व्यवसायी प्यानको दायरामा आउनु, पारिश्रमिक कर, अग्रिम आयकर, मदिरा, अन्त शुल्क र नविकरण शुल्क बढेकाले राजस्वमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोकर्णराज सुयलले बताए ।
जिल्ला प्रशासन कार्यालयले २२ लाख ११ हजार ७ सय २०, जिविसले १ लाख ३४ हजार ८ सय ९३, मालपोत कार्यालयले ७ लाख ४६ हजार १ सय ६३, घरेलु तथा साना उद्योग विकास समितिले १४ लाख १० हजार १ सय ५०, प्रहरी कार्यालयले ६ लाख २६ हजार ९ सय र शितोष्ण बागबानी केन्द्र ५८ लाख ८० हजार ८ सय ४० रुपैयाँ राजस्व संकलन गरेका हुन् ।
त्यसैगरी स्वास्थ्य कार्यालयले १ लाख १४ हजार ३ सय ५२, भीमदल गणले १ लाख ८० हजार ८ सय ८२, जिल्ला शिक्षा कार्यालयले ३ लाख ३८ हजार ३ सय २१, हुलाक कार्यालयले ३ लाख ८१ हजार ९ सय १५, मुस्ताङ भन्सार
कार्यालयले ३ लाख २७ हजार ३ सय ९७, पशुसेवा कार्यालयले १ लाख ८ हजार ३ सय १०, नापी कार्यालयले १ लाख ६४ हजार ५ सय ७० र कोष तथा लेखा नियन्त्रकको कार्यालयले २ करोड ४८ लाख ९७ हजार ९ सय ७१ रुपैयाँ लगाएत अन्य कार्यालयहरुबाट उक्त राजस्व संकलन भएको हो ।

No comments:

Post a Comment