Thursday, August 25, 2016

जोमसोममा धार्मिक एवं शैक्षिक महोत्सव शुरु !


केशव विश्वकर्मा
मुस्ताङ ९ भाद्र
“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने उद्घोषका साथ हिमालीपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” भाद्र ९ गते बिहिबार देखि शुरु भएको छ । महोत्सव भाद्र १६ गते सम्म संचालन हुनेछ ।
कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीश
१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्शनिक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जिल्लाको एकमात्र क्याम्पस जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ महोत्सवको आयोजना गरिएको क्याम्पस प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।
आध्यात्मिक र भौतिक ज्ञानको माध्यमबाट प्राविधिक, नैतिक र सामाजिक शिक्षामा विकास गर्न नेपालमा १०१ टेक्निकल कलेज स्थापना गर्ने लक्ष्य अनुरुप मुस्ताङबाट सो कार्यको थालनी गरेको प्रमुख कथा वाचक पं. दिनबन्धु पोखरेलले बताए । पोखरेलका अनुसार महोत्सवमा कम्तिमा २ करोड देखि ५ करोड सम्म रकम उठाउने लक्ष्य राखिएको छ ।
कलश यात्रामा पञ्चकन्या
पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायधीश पिताम्बर शर्माले शिक्षा प्रत्येक नागरिको मौलिक अधिकार भएकाले शिक्षाको विकास र विस्तार गर्नको लागि आयोजना गरिएको धार्मिक एवं शैक्षिक महोत्सवमा सबैले सहयोग गर्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले असल कार्यको सुरुवात भएकाले यसले आत्म चिन्तनलाई सहयोग पु¥याउँदै शैक्षिक विकासमा टेवा पु¥याउने भन्दै महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
कलश यात्रामा सम्पूर्ण उपस्थित व्यक्तित्व
त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले क्याम्पसमा प्राविधिक शिक्षा संचालनार्थ राष्ट्र निर्माण एवं प्राविधिक शिक्षाको आवश्यकता बारेमा विशेष प्रवचन गर्दै आर्थिक संकलनका लागि धार्मिक एवं शैक्षिक महोत्सव आयोजना गरेको बताउँदै मुस्ताङमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि आयोजना गरिएको महोत्सवमा सम्पूर्ण मुस्ताङवासी देशविदेशमा रहेका शिक्षाप्रेमी लगायतका महानुभावलाई तन, मन र धनले सहयोग गर्न अपिल गरेका छन् ।
राष्ट्र निर्माण, पितृहरुको सदगति साथै धर्म, संस्कार र संस्कृति संरक्षण गर्दै जनहित उमावि तथा जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ शालिग्राम भगवानको विशेष पूजा, बुद्ध धर्म गुरुहरुको प्रवचन सहित प्रखर अन्तराष्ट्रिय कथा वाचक पं. दिनवन्धु पोखरेल एवं सह वाचक धु्रव शरण बस्यालले संगीतमय कथा वाचन गर्ने बताईएको छ ।
कार्यक्रममा प्रमुख कथा बाचक दिनबन्धु पोखरेल, सह वाचक एवं संकल्पकर्ता ध्रुव शरण बस्याल, स्थानिय विकास अधिकारी हरिप्रसाद बास्तोला, जिल्ला शिक्षा अधिकारी केशरी रमण न्यौपाने, पूर्व सभासद चन्द्र बहादुर गुरुङ, रेडक्रस सभापति चन्द्र बहादुर थकाली, क्याम्पस संचालक समितिका सल्लाहकार मान बहादुर बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको पूर्व सन्ध्यामा जोमसोम हुँदै पुथाङ एयरपोर्टसम्म कलश यात्रा संचालन गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीको अध्यक्षता, जनहित उमावि व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको स्वागत र क्याम्पस प्रमुख  रामचन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, सुरक्षा अधिकारी, नागरिक समाज, समाजसेवी लगायत स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment