Monday, August 29, 2016

ऐतिहासिक फाला पर्व शुरु !

केशव विश्वकर्मा
मुस्ताङ १३ भाद्र
ठिनी गाउँका स्थानियले परम्परागत रुपमा मनाउँदै आएको ऐतिहासिक ठिनी फाला पर्व सोमबार देखि जोमसोमस्थित ठिनी गाउँमा सुरु भएको छ ।
मुस्ताङ सदरमुकाम जोमसोमस्थित ठिनी गाउँका स्थानीय वासीले राजा थर्कोचेनको पालादेखि मनाउँदै आएको यस पर्वलाई निरन्तरता दिएका छन् । ऐतिहासिक फाला पर्वमा स्थानियले परम्परागत याक नृत्य, अग्नि प्रज्वोलन, राजाको झाँकी, आर्चरी प्रतियोगिता, हाँस्य व्यग्यका साथै थकाली साँस्कृतिक भेषभूषा पहिरन गरी विविध साँस्कृतिक कार्यक्रम सहित मनाउने गर्दछन् ।
संस्कृतिको संरक्षण र परम्परालाई जोगाउने उद्देश्यले विशेष कार्यक्रम सहित ठिनी फाला पर्व मनाउन लागिएको जनमुक्ति युवा क्लव ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए ।
तिन दिन सम्म मनाईने फाला पर्व अवलोकनका लागि जोमसोम ,मार्फा ,चिवाङ ,छैरो ,स्याङ र टुकुचेका स्थानीयहरु ठिनी गाउँमा आउने गर्दछन् ।
धेरै वर्ष पुरानो यो पर्व हाम्रा लागि ठूलो चाड हो, थाक गाउँका पूर्व राजाहरुको पालादेखि मनाउने गरेकाले यसलाई निरन्तरता दिँदै आएको स्थानियहरु बताउँछन् ।

No comments:

Post a Comment