Saturday, August 20, 2016

मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना हुने !

केशव बिश्वकर्मा
मुस्ताङ, ४ भाद्र
च्याङग्रा तथा पशुपालनको दृष्टिले उत्कृष्ट मानिने हिमालपारिको जिल्ला मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना हुने भएको छ ।
भेडा च्याङग्रामा सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशुपंक्षी प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय तथा केन्द्रिय भेडा बाख्रा प्रवद्र्धन निर्देशनालयले मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
हिमाली जिल्लामा परम्परागत रुपमा भेडाच्याङग्रा पाल्दै आएको र देशका अन्य जिल्ला भन्दा मुस्ताङ ५० प्रतिशत बढि उपयुक्त जिल्ला भएकाले पनि मुस्ताङमा च्याङग्रा स्रोत केन्द्र स्थापना गर्न सरकारले तदारुकता देखाएको हो ।
भेडाच्याङग्राबाट उत्पादन हुने पस्मिना युरोप अमेरिका लगायतका देशहरुमा एकदम बढि माग हुने गरेकाले पस्मिना उत्पादलाई प्रोमोट गर्न र पशुपालनमा सबैभन्दा बढि च्याङग्राको मासु र पस्मिना महंगो मुल्यमा विक्रि हुने हुदाँ मुस्ताङमा सो केन्द्र स्थापना गर्न लागेको केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन निर्देशनालय अधिकृत ईश्वरी खतिवडाले जानकारी दिए ।
अधिकृत खतिवडाले स्थानिय स्तरमा रोजगारीको सृजना गरी भेडाच्याङग्राको पस्मिनाबाट गुणस्तरीय सामाग्री बनाई देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले भेडाच्याङग्रा स्रोत केन्द्र स्थापनाको लागि सबैभन्दा उत्कृष्ट ठाउँ मुस्ताङ भएको बताए ।
मुस्ताङमा च्याङग्रा पालन स्रोत केन्द्र स्थापना भए पश्चात स्थानिय स्तरमा पाल्दै आएका भेडा च्याङग्राको उत्पादनमा वृद्धि हुने र बढि भन्दा बढि पस्मिना निर्यात गर्न सकिने हुँदा आर्थिक समृद्धि तर्फ फडको मार्न टेवा पुग्ने स्थानिय सरोकारवालाले बताएका छन् ।
मुस्ताङमा उक्त स्रोत केन्द्र स्थापना भएपछि फार्मको आसपासका किसानलाई समुहमा आवद्ध गरी च्याङग्रा विकास तालिम, घाँस उत्पादन लगायतका तालिम प्रदान गर्ने र नस्ल सुधार तथा च्याङग्रा उत्पादनमा सुधार गर्दै उत्पादनमा वृद्धि गरी समुदायमा हस्तान्त्रण गरिने पशु उत्पादन निर्देशनालय अधिकृत मेघराज ढकालले जानकारी दिए ।
सो केन्द्र स्थापनाको लागि बाटो, पानी, बिजुली, संचार लगायतका पूर्वाधारको पहँुच भएको, घाँस उमार्न सकिने ठाउँ र चरन क्षेत्रको सुविधा भएको, विहान देखि बेलुका सम्म घाम लाग्ने पूर्व दक्षिण फर्केको जग्गा र पस्मिना उत्पादन हुन सक्ने भौगोलिक क्षेत्रको चयन गरिने अधिकृत ढकालले बताए ।
च्याङग्रा स्रोत फार्म विकास गर्नको लागि अनुमानित एक हजार हेक्टर जमिन आवश्यक पर्ने बताईएको छ । सो फार्म विकासका लागि प्राविधिक समिति बनाएर स्थानिय तहमा छलफल गरी ठाउँ छनोट गर्नुपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए । साथै उनले एकै पटकमा एक हजार हेक्टर जमिन उपलब्ध हुन कठिन हुनसक्ने भएकाले विस्तारै जमिन थप्दै जानसक्ने ठाउँको छनोट गर्न आग्रह गरे ।
आर्थिक वर्ष ०७३÷०७४ को वार्षिक स्विकृत बजेट अन्तर्गत सुरुवातमा १ करोड रुपैयाँ च्याङग्रा फार्म विकासको लागि रहेको र आवश्यक परेमा अर्थ मन्त्रालयले बजेट थप गर्ने जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल वर्माले जानकारी दिए ।
डा. बर्माका अनुसार हाललाई कम्तिमा दुई सय च्याङग्राबाट फार्म स्थापना गरिने र ती च्याङग्राको लागि एक दिनमा १ हजार किलोग्राम घाँस आवश्यक पर्ने र १ वर्गमिटर क्षेत्रफलमा १ किलोग्राम घाँस उत्पादन हुने हुँदा फार्मको विकास र विस्तारको लागि १ हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।
तल्लो मुस्ताङमा पालिने भेडाच्याङग्रमा पस्मिना नहुँने र उपल्लो मुस्ताङमा पालिने भेडाच्याङग्रामा पस्मिना पाइने हुँदा भेडाच्याङग्रा पालन स्रोत केन्द्र स्थापनाको लागि तल्लो मुस्ताङ भन्दा उपल्लो मुस्ताङ उपयुक्त रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
उपल्लो मुस्ताङको घमी, चराङ, मराङ, सम्जुङ र ध्येमा फार्मलाई आवश्यक पर्ने जग्गा उपलब्ध हुन सक्ने भएकाले प्राविधिक समिति मार्फत ती ठाउँको सर्वेक्षण गरी उपयुक्त ठाउँको छनोट गर्न स्थानिय सरोकारवालाले आग्रह गरेका छन् ।
भेडाच्याङग्रा फार्म विकास र विस्तारको लागि चराङमा गोठ र लामोन्थाङमा चरन क्षेत्र बनाउन सकिने वरिष्ठ पशु विकास अधिकृत डा. बर्माको भनाई छ । चरन क्षेत्र उपलब्ध गराउनको लागि लोमान्थाङ गाविसबाट सिफारिस आई सकेको बताईएको छ ।
कुनैपनि व्यवसायीको व्यवसायमा खलल नपु¥याई सरकारी फार्म र नीजि व्यवसायी विच सुमधुर सम्बन्ध कायम गरी सौहार्दपूर्ण वातावरणमा फार्म संचालन गरिने डा. बर्माले बताए ।

No comments:

Post a Comment