Monday, August 8, 2016

जोमसोममा धार्मिक एवं शैक्षिक महोत्सव संचालन गरिने !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २४ श्रावण
“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने मुल नाराका साथ हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” संचालन गरिने भएको छ ।
१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्शनिक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ आगामी भदौ ९ गते देखि १६ गते सम्म “जोमसोम धार्मिक एवं शैक्षिक महोत्सव” संचालन गर्न लागिएको क्याम्पस प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।
राष्ट्र निर्माण, पितृहरुको सदगति साथै धर्म, संस्कार र संस्कृति संरक्षण गर्दै जनहित उमावि तथा जनहित बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ शालिग्राम भगवानको विशेष पूजा, बुद्ध धर्म गुरुहरुको प्रवचन सहित प्रखर अन्तराष्ट्रिय कथा वाचक पं. दिनवन्धु पोखरेल एवं सह वाचक धु्रव शरण बस्यालले संगीतमय कथा वाचन गर्ने क्याम्पस प्रमुख अधिकारीले बताए ।
क्याम्पसमा प्राविधिक शिक्षा संचालनार्थ राष्ट्र निर्माण एवं प्राविधिक शिक्षाको आवश्यकता बारेमा विशेष प्रवचन गर्दै आर्थिक संकलनका लागि महायज्ञ तथा धार्मिक एवं शैक्षिक महोत्सव आयोजनाको तैयारी भैरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले जानकारी दिए ।
महोत्सवमा ५ करोड भन्दा बढि रकम उठाउने लक्ष्य रहेको छ । मुस्ताङमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि आयोजना गर्न लागिएको महायज्ञमा सम्पूर्ण मुस्ताङवासी देशविदेशमा रहेका शिक्षाप्रेमी लगायतका महानुभावलाई सहयोगको लागि अपिल गर्दछौँ । थकालीले भने । 

No comments:

Post a Comment