Sunday, August 14, 2016

मुस्ताङमा अन्तत ३ गाउँपालिका कायम हुने !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, ३० श्रावण
मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरिनुपर्ने भन्दै स्थानियले गरेको माग असफल हुने देखिएको छ ।
अधिकांश राजनीतिक दललाई स्थानीय तह पुनःसंरचनाका काममा चित्त नबुझाइरहेका बेला जिल्ला प्राविधिक समितिलाई कुनै पनि काम नरोक्न सीमा निर्धारण आयोगले दिएको निर्देशन अनुसार मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गरिनुपर्ने भन्दै स्थानियले गरेको माग असफल हुने देखिएको हो  ।

मुस्ताङका स्थानियले गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको मुस्ताङमा ३ गाउँपालिका बनाउने निर्णय आफुहरुलाई स्वीकार्य नभएको भन्दै मुस्ताङलाई ५ गाउँपालिकामा विभाजन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

वडा, गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गरी साउन मसान्तभित्रै नामांकन र सीमांकनका काम सक्ने जिम्मेवारी पाएको आयोगले यतिबेला उठिरहेको गुनासालाई बेवास्ता गर्दै काम अघि बढाउन भनेको हो।

शुक्रवार आयोगले देशभरका स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई पत्र पठाउँदै कुनै द्विविधामा नपरी काम गर्न निर्देशन दिएको छ। आयोगको दिएको सो निर्देशन अनुसार मुस्तालाई ५ गाउँपालिकामा विभाजन गर्ने प्रस्ताव असफल हुने ेदेखिएको छ ।

आयोगको पत्रमा भनिएको छ,‘कार्यसर्त र कार्यविधिअनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको पुनःसंरचनासम्बन्धी कार्य भइरहँदा केही सञ्चारमाध्यममा स्थानीय तहको संख्याका सम्बन्धमा फरक धारणा आएकोमा आयोगको ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा स्थानीय पुनःसंरचना प्राविधिक सहयोग समिति कुनै द्विविधामा नपरी, पुनःसंरचनाका कार्य अघि बढाउनू।’
आयोगको उक्त भनाईप्रति विभिन्न राजनीतिक दलका नेताले भने आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

No comments:

Post a Comment