Tuesday, August 2, 2016

मार्फा खोलामा पुल निर्माणः यात्रा सहज !

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ, १८ श्रावण
वर्षाका कारण बाढीले मार्फा स्थित राजखोलाको पुल बगाउँदा कष्टकर यात्रा गर्दै आएका यात्रुलाई सो स्थानमा पुनः पुल निर्माण भएपछि यात्रामा सहज भएको छ ।
पटक पटक भएको वर्षासंगै आएको बाढीले खोला आसपासको जमिन कटान गरी पुल बगाउँदा यात्रुहरु आवतजावतमा समस्या झेल्दै आएका थिए ।
वर्षाले सडकको विभिन्न ठाउँमा क्षति पु¥याई आवत जावतमा समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी सडक मर्मत र आवश्यक ठाउँमा पुल निर्माणको पहल गरिएको र सोही अनुसार काम भैरहेको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चन्द्रमोहन गौचनले बताए ।
विपद व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार डिभिजन सडक कार्यालय बागलुङलाई सो राजखोलामा अस्थायी पुल निर्माणका लागि आग्रह गरिएको र सडक कार्यालयको निर्देशन अनुसार स्थानिय ठेकेदार प्रेम प्रसाद तुलाचनलाई उक्त खोलामा पुल निर्माणको जिम्मा दिईएको थियोे ।
यात्रु आवत जावतमा समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङसंग लागतको आधारमा प्राविधिक मुल्याङन अनुसार भुक्तानी लिने गरी तत्कालको समस्या समाधानको लागि मार्फाको राज खोलामा पुल निर्माण गरेको ठेकेदार प्रेम प्रसाद तुलाचनले बताए ।
तुलाचनले भने । स्याङ खोलामा पक्की पुल निर्माण प्रोजेक्टको काम थाँती राखेर तत्कालको समस्या समाधानको लागि मार्फा खोलाको पुल निर्माण गरेका हौँ ।
पुल निर्माणको जिम्मा लिएका तुलाचनका अनुसार दैनिक २५ जना कामदार र दुईवटा स्काभेटरको सहयोगमा ६ दिनमा खोलाको दुवै पट्टि जाली लगाई ग्याबिन उठाएर मोटर गुडन सक्ने काठको पुल निर्माणको कार्य सकिएको हो ।
पुल नहँुदा यात्रु जोखिम मोल्दै खोलाबाट यात्रा गर्न बाध्य थिए, सो समस्या सुल्झाउनको लागि पुल निर्माणमा मार्फाका स्थानियले पनि श्रमदान ग¥यौँ र पुल निर्माण कार्य छिटो सम्पन्न भयो । मार्फाका गाउँ मुखिया दिपक लालचनले भने ।
जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोका कारण मुस्ताङ खण्डको घाँसा देखि जोमसोम सम्म सडक अवरुद्ध भएको र सो अवरुद्ध सडक सुचारु गर्न पहल गरिरहेकाले मुस्ताङ खण्डमा भएको सडकको अवरोध हटाइएको प्रजिअ गणेश बहादुर अधिकारीले बताए । उनले भने अब घासा जोमजोम सिधा यातयात संचालन हुन्छ ।
म्याग्दी खण्डको चमेरेमा सडक निर्माण निर्माण गरी गाडी पास भैसकेको र बैसारीमा काम भैरहेकाले अब ३ दिनमा म्याग्दी सडक खण्डको अवरोध हटाई घासा सम्म सिधा यातयात सुचारु हुने डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।



No comments:

Post a Comment