Thursday, August 11, 2016

कोवाङमा प्राविधिक उमावि संचालनमा !

विकास विक
मुस्ताङ, २७ श्रावण
जिल्लाको कोवाङ गाविस स्थित जनआदर्श माविमा शैक्षिक सत्र २०७३ देखि प्राविधिक कृषि तर्फको उच्च शिक्षा (प्लस टु) संचालन भएको छ ।
प्राविधिक कृषि तर्फको मावि कक्षा संचालन भैरहेको सो विद्यालयमा आवश्यक पूर्वाधार तयार गरी प्राविधिक उच्च मावि संचालन गरिएको प्र.अ टिकाराम शर्माले जानकारी दिए ।
वातावरणीय हिसाबले पनि कोवाङमा प्राविधिक उच्च शिक्षा संचालन गर्न उपयुक्त भएकाले सरोकारवालाहरुको एक वर्षको अथक प्रयासले कृषि तर्फ प्लस टु कक्षा संचालन गर्न सम्भव भएको प्र.अ शर्माले बताए ।
२०७२ साल असार ३१ गते देखि विद्यालयले कृषि उच्च मावि संचालनको प्रकृया अगाडी बढाई २०७३ जेठ २१ गते उच्च माविको रुपमा स्विकृती लिई सोही शैक्षिक सत्र देखि ११ को कक्षा संचालन गर्ने अनुमति पाए बमोजिम कृषि उच्च माविको कक्षा संचालन गरेको प्र.अ शर्माको भनाई छ ।
विद्यार्थीले प्राविधिक एसएलसि पास गरेपछि उच्च शिक्षाको लागि बाहिरी जिल्ला जाने समस्या हटेको छ । यस वर्ष देखि विद्यार्थीहरु कोवाङमै प्राविधिक उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । हाम्रो प्राविधिक प्लस टु खोल्ने सपना पनि साकार भएको छ । प्र.अ शर्माले भने ।
सुन्दर, शान्त प्राकृतिक वातावरणमा दक्ष शिक्षकहरुबाट प्राविधिक उच्च शिक्षा संचालन भएपछि अभिभावक तथा विद्यार्थी हर्षित भएका छन् । स्थानिय ठाउँमा सस्तो सुलभ रुपले छोराछोरीलाई जीवन उपयोगी शिक्षा पढाउन पाउँदा खुःसी लागेको मुस्ताङका स्थानियहरु बताउछन् ।
स्थानिय रत्न कुमार शेरचन भन्छन्– कोवाङमा युगको आवश्यकता अनुसारको प्राविधिक शिक्षा संचालन भएको छ । शिक्षाको गुणस्तरलाई सँधै उच्च राखिराख्न यसमा सम्बद्ध शिक्षक, विद्यार्थी र अभिभावक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ

राम्रो सँग विद्यालय संचालनको लागि सबैले योगदान पु¥याउनु पर्ने भन्दै आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको विद्यालय संचालनमा आर्थिक रुपमा महत्वपूर्ण भूमिका खेलेका अशोक गौचनको भनाई छ ।
विद्यालय स्रोतका अनुसार प्राविधिक प्ल टु अध्ययनको लागि १५ जना विद्यार्थी भर्ना भैसकेका छन् । र यो संख्या ३० पुग्ने अपेक्षा गरिएको छ । सो विद्यालयमा प्राविधिक शिक्षा अध्ययनको लागि बाहिरी जिल्लाबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।
विद्यालयले गत श्रावण २३ गते नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा ११ को कृषि कक्षा औपचारीक रुपमा उद्घाटन गरी कक्षा संचालन गरेको शिक्षक उमाकान्त पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment