Monday, August 22, 2016

प्रमिट बिनाका सवारी साधन चल्न नपाउने !

मुस्ताङ साप्ताहिक/मुस्ताङ
मुस्ताङ ६ भाद्र
मुस्ताङमा रुट प्रमिट विना संचालनमा आएका सवारी साधनको आवत जावतलाई निषेध गरिएको छ ।
रुट प्रमिट नलिई क्षमता भन्दा बढी यात्रुहरु बोकी सवारी साधन चलाउँदा सानो गल्तीले ठुलो दुर्घटना निम्तिन सक्ने भएकाले त्यस्ता यातयातका साधनलाई भाद्र ४ गते आईतबार देखि संचालनमा रोक लगाईएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
गत श्रावण ३१ गते काभ्रेको बिर्ता देउरालीमा भएको यात्रुवाहक बस दुर्घटना पछि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले गत भाद्र ३ गते देखि मुलुकभर लागु हुने गरी क्षमता भन्दा बढि यात्रु राखेर सवारी साधन चलान नपाईने र विना रुट प्रमिट संचालन गरेका यातयातका साधनलाई बन्देज गर्ने निर्णय गरेपछि मुस्ताङमा पनि त्यस्ता सवारी साधन संचालनमा रोक लगाइएको हो ।
चेकजाँचको क्रममा केही यातयातका साधन विना इजाजत संचालन गरेको पाइएको छ । सरकारी नियम विपरित विना ईजाजत संचालनमा ल्याइएका र क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।
जिल्लाको यातयातमा जोमसोम–घाँसा रुटमा ७२ वटा बस र २ वटा जिप संचालनमा छन् । त्यस्तै जोमसोम–मुक्तिनाथ रुटमा ६९ वटा सवारीका साधन संचालनमा छन् ।
७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड सडक विभागको स्वमित्वमा रहेको र जोमसोम देखि माथिको सडक सडक विभागको स्वामित्वमा नरहेको बताइएको छ ।
गत साउन ३१ गते ७६ जना यात्रु बोकेको यात्रुवाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना हुदा ३३ जनाको मृत्यु ४३ जनाका घाईते भएका थिए । सो बस बिना इजाजत संचालन गरिएको र क्षमता भन्दा बढि यात्रु बोकेकाले भएको पाइएको थियो । सोही दुर्घटना पश्चात सरकारले क्षमता भन्दा बढि यात्रु बोक्ने र रुट प्रमिट विना सवारी साधन संचालनमा रोक लगाएको हो ।

No comments:

Post a Comment