Wednesday, May 10, 2017

बाह्र गाउँलाई नमुना बनाउँछुः फेन्चोक छेप्तेन गुरुङ (धारा)

मुस्ताङ साप्ताहिक
मुस्ताङ ।
नेपाली कांग्रेसबाट बाहगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार  फेन्चोक छेप्तेन गुरुङ (धारा) ले बाह्रगाउँ मुक्तिक्षेत्रमा विकासका लहरहरु भित्राउन विभिन्न योजनाका साथ जनतासामु प्रस्तुत भएका छन् । उनले बाह्रगाउँलाई नमुना गाउँ बनाउनको लागि आगामी बैशाख ३१ गते हुँने स्थानिय तहको निर्वाचनमा आफुलाई मत दिएर विजयी गराउन बाह्रगाउँवासीलाई अनुरोध गरेका छन् । उनले बाह्रगाउँलाई समृद्ध गाउँपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्ना योजनालाई यसरी पस्केका छन् ।
  • दिनप्रतिदिन यूवाहरुको बढ्दो बैदेशिक रोजगारीलाई कम गर्न शिपमूलक तालिमको व्यवस्था गरि स्वरोजगारीका लागि एकिकृत कृषि उपज केन्द्र स्थापना गर्ने ।
  • मुस्ताङ,मनाङ र डोल्पाका संम्पूर्ण गाउँपालिकाहरु संग समन्वय गरि पर्यटकिय गन्तब्य बिस्तार गर्ने र चिनको कोरलानाका सुचारु गर्नका लागि प्रान्तिय सरकार संग पहल गर्ने ।
  • यसक्षेत्रलाई आर्थिक रुपमा सवल र सुदृढ बनाउनका लागि मूक्तिनाथ,कागबेनी,श्राद्ध स्थल, नुनखानी र कालिगण्डकी जस्ता प्राकृतिक श्रोत साधनलाई परिचालन गरि रोजगारी र आयश्रोत जुटाउने ।
  • आवश्यकता अनुसार शिक्षा,स्वास्थ,खानेपानी,बिद्युत,संञ्चार र यातायातको सर्वसुलभ व्यवस्था गर्ने ।
  • यस क्षेत्रलाई धार्मिक स्थल तथा पर्यटकिय स्थलको रुपमा संसारभर चिनाउने साथै प्राकृतिक दृष्य छायांकन क्षेत्रको रुपमा चिनाउने
  • यस क्षेत्रका संस्कृति,परम्परा र पूरात्वात्तिक धरोहरहरुको संरक्षण र बिकास गरिदै लगिने ।
  • यस बाह्गाउँ मूक्तिक्षेत्रका ५ वडाका गाउँहरुलाई समेट्ने गरि पदयात्राका लागि पदमार्ग निर्माण गर्ने

No comments:

Post a Comment