Friday, May 26, 2017

विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाइने

मुस्ताङ साप्ताहिक संवाददाता
जोमसोम । हिमाली जिल्ला मुस्ताङमा आगामी जेष्ठ १४, १५ र १६ गते विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाइने भएको छ । जेष्ठ १२ गते स्थानिय विकास अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । 
जेष्ठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउन स्थानिय विकास अधिकारी बस्तोलाको संयोजकत्वमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, स्थानिय जनप्रतिनीधिहरु, घरपझोङ गाउँपालिकाका प्रमुख उपप्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु एवं सुरक्षा निकायका प्रमुखहरु, जनहित मावि र धौलागिरी आवसिय विद्यालयका प्राचार्यहरु रहने गरी गणतन्त्र दिवस जिल्ला मुल समारोह समिति गठन गरीएको छ । 
तीन दिन जिल्ला स्थित सरकारी कार्यालयहरु, स्थानिय संघसंस्थाका कार्यालय लगायत सम्पूर्णले प्रत्येक दिन साँझ दिपावली गर्ने, १४ गते जिल्ला समन्वय समितिको गेटदेखि जोमसोम काठेपुल सम्म सरसफाई र कर्मचारी, शिक्षक बिच हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने र १५ गते बिहान पुथाङ एयरपोर्टमा भेला भई प्रभातफेरी कार्यक्रम संगै जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम संचालन गर्दै गणतन्त्र दिवस मनाइने भएको हो ।   

No comments:

Post a Comment