Thursday, May 11, 2017

स्थानिय तहको निर्वाचनमा मुस्ताङमा तीन दलको चर्काे प्रतिस्पर्धा हुने

केशव बि.क.
मुस्ताङ । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा हिमाली जिल्ला मुस्ताङका पाँच
गाउँपालिकामा तीन ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच चर्काे प्रतिस्पर्धा हुने देखिएको छ । तीन   राजनीतिक दलका प्रभावशाली उम्मेदवारहरु गाउँपालिकाको अध्यक्ष पदका लागि निर्वाचनमा होमिने भएका छन् ।
    जिल्लाको सदरमुकामको गाउँपालिका घरपझोङ गाउँपालिका बाट अध्यक्षको दाबेदारको रुपमा नेपाली कांग्रेसबाट विजय हिराचनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट आस बहादुर थकाली र माओवादी केन्द्रबाट दिनेशलाल थकाली अध्यक्षका दाबेदार हुन् । स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले पनि आफ्नो उम्मेदवारी दिएका छन् । गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट पुष्षा भट्टचन शेरचन, एमालेबाट शर्मिला गुरुङ र स्वतन्त्र उम्मेदवार सुकुन रसाइलीले चुनाव लडने भएका हुन् ।  
    त्यसैगरी मुस्ताङको तल्लो क्षेत्रको थासाङ गाउँपालिकाबाट नेपाली काँग्रेसको तर्फ देखि बुद्धि प्रसाद शेरचन, एमालेबाट नविन भट्टचन र माओवादी केन्द्रबाट बिशाल बि.क. ले गाउँपालिकाको अध्यक्ष पदको लागि चुनाव लडने भएका छन् । गाउँपालिकाको उपाध्यक्षका लागि कांग्रेसबाट बालकुमारी शेरचन र स्वतन्त्र उम्मेदवार कोरिसा बि.क.ले उम्मेदवारी दर्ता गराएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्रमा गाउँपालिकामा नेपाली कांग्रेसबाट फेन्चोक छेप्तेन गुरुङ, एमालेबाट रमेश गुरुङ अध्यक्षका दाबेदार हुन् । त्यस्तै उपाध्यक्षका लागि कांग्रेसबाट डोका गुरुङ र एमालेबाट ढिकी गुरुङको उम्मेदवारी छ ।
    उपल्लो मुस्ताङको दालोमे गाउँपालिकामा कांग्रेसबाट तेन्जिङ छिरिङ गुरुङ र स्वतन्त्र उम्मेदवार लोक्साङ छोम्फेल गुरुङको प्रमुखको लागि प्रतिस्पर्धा हुने देखिन्छ ।
उपाध्यक्षमा कांग्रेसबाट काचाङ छुटेन गुरुङ र एमालेबाट ढोका ग’रुङका प्रतिस्पर्धी हुन् । र लोमान्थाङ गाउँपालिकामा अध्यक्ष पदका लागि कांग्रेसबाट सुवर्णकुमार विष्ट, माओवादी केन्द्रबाट घ्युर्मि वाङगेल विष्ट र स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्ट चुनावी मैदानमा छन् । त्यस्तै उपाध्यक्षको लागि कांग्रेसबाट पेमा डोल्मा विष्ट र एमालेबाट पासाङ डोल्गर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।       

No comments:

Post a Comment