Tuesday, May 16, 2017

मुस्ताङको थासाङ गाउँपालिकामा काँग्रेस विजयी

केशव वि.क.
मुस्ताङ, २ जेष्ठ । स्थानिय तहको निर्वाचनमा मुस्ताङको थासाङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बुद्धिप्रसाद शेरचनले ७२८ मत प्राप्त गरी विजयी भएका हुन । 
उनका निकर्तम प्रतिद्धन्दी नेकपा एमालेका नविन भट्टचनले ६२९ मत प्राप्त गरेका थिए । प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विशाल विकले ९९ मत प्राप्त गरेका थिए । 
त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै बालकुमारी शेरचनले ७२९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकर्तम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कोरीसा विकले ६४२ मत प्राप्त गरेकी छन् ।  
थासाङ गाउँपालिकामा पुरुष ९८२ र महिला ९२४ गरी जम्मा १९०६ मतदाता थिए । 

No comments:

Post a Comment