Monday, May 15, 2017

मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

केशव वि.क.

मुस्ताङ १ जेष्ठ । आसन्न स्थानिय निकायको निर्वाचनमा मुस्ताङको दालोमे गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्फेल विष्ट ‘राजु’ विजयी भएका छन् । ७५५ मत प्राप्त गरी विष्ट विजयी भएका हुन् । 

उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका तेन्जिङ छिरिङ गुरुङले २०३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काचाङ छुटेन गुरुङलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार ढोका गुरुङले ६०१ मत प्राप्त गरी विजयी भएकी छन् । 
अन्य जनप्रतिनीधिहरु निर्विरोध चयन भएका थिए । दालोमे गाउँपालिकामा पुरुष ६०८ र महिला ६६९ गरी १२७७ मतदाता थिए । जिल्लाका अन्य चार गाउँपालिकामा मतगणना जारी रहेको छ ।    

No comments:

Post a Comment