Wednesday, May 17, 2017

जोमसोममा एमालेको विजय ¥याली

केशव वि.क.

मुस्ताङ । नेकपा एमाले मुस्ताङले जिल्ला सदरमुकाम जोमसोममा मंगलवार विजय ¥याली निकालेको छ । गत बैशाख ३१ गते सम्पन्न आसन्न स्थानिय तहको निर्वाचनमा जिल्लाका पाँच गाउँपालिकामा विभिन्न पदमा एमालेका उम्मेदवार विजयी भएको अवसरमा विजय ¥याली निकालिएको हो ।

 एमालेले घरपझोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, २ वडा अध्यक्ष, १ महिला सदस्य र २ दलित महिला सदस्यको पद जितेको छ । त्यस्तै दालोमे गाउँपालिकामा उपाध्यक्ष, १ वडा अध्यक्ष, ३ वडा सदस्य, १ महिला सदस्य र १ दलित महिला सदस्यको पद जितेको छ । लोमान्थाङ गाउँपालिकामा २ वडा सदस्यमा विजयी भएको छ ।  
त्यसैगरी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा उपाध्यक्ष, २ वडा अध्यक्ष, ७ वडा सदस्य, २ महिला सदस्य, ३ दलित महिला सदस्य पदमा विजयी भएको छ । थासाङ गाउँपालिकामा २ वडा अध्यक्ष, ५ वडा सदस्य, २ महिला सदस्य र २ दलित महिला सदस्यको पद जितेको छ । 
विजयी ¥यालीमा बोल्दै घरपझोङ गाउँपालिकाका अध्यक्ष पदका विजयी उम्मेदवार आसबहादुर थकालीले एमालेलाई जिताउन सहयोग गर्ने सम्पूर्ण मतदाता, कार्यकर्तालाई धन्यवाद दिँदै समग्र घरपझोङको समृद्धि तर्फ लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै उपाध्यक्ष पदका विजयी उम्मेदवार शर्मिला गुरुङले एमालेको जित सिंगो घरपझोङवासीको जित भएको भन्दै यहाँको विकासको लागि इमान्दारी पूर्वक लाग्ने बताईन् । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचनले जनभावना अनुरुप पार्टीले घोषणा गरेको प्रतिवद्धता अनुसार अगाडी बढने बताए ।   

एमाले कार्यकर्ता, सांसद श्रीमाया थकाली तथा स्थानिय सहभागि भएको सो ¥यालीले नारा, बाजागाजा सहित नाचगान गर्दै बजार परिक्रमा गरेको थियो । ¥यालीलाई स्थानियले फूल र खादाले स्वागत सम्मान गरेका थिए ।    

No comments:

Post a Comment