Monday, May 15, 2017

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी

केशव वि.क.

मुस्ताङ, १ जेष्ठ । मुस्ताङ जिल्लाको सदरमुकामको घरपझोङ गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार आसबहादुर थकालीले ४५४ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकर्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका विजय हिराचनले ४१७ मत प्राप्त गरेका थिए । प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २३६ र नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेशलाल थकालीले ५५ मत प्राप्त गरेका थिए । 
त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार शर्मिला गुरुङले ७०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकर्तम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका पुष्षा शेरचनले २१५ मत प्राप्त गरेकी थिईन् भने स्वतन्त्र उम्मेदवार सुकुन रसाइलीले १७० मत प्राप्त गरेकी थिइन् । 
घरपझोङ गाउँपालिकामा पुरुष ७८५ र महिला ७८३ गरी जम्मा १५६८ मतदाता थिए । 

No comments:

Post a Comment