Monday, May 22, 2017

मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजि पर्व शुरु

केशव बि.क.
मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक साँस्कृतिक महत्व बोकेको तिजि पर्व सोमबार देखि शुरु भएको छ । चीनसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तिजि पर्व शुरु भएको हो ।
पन्ध्राँै शताब्दी देखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले यो पर्व मनाउँदै आएका छन् । उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।
यस पर्वमा भाईचारा साटासाट, दैवीप्रकोप र विश्वशान्तिको कामना गरिन्छ । स्थानिय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण रहेको लोमान्थाङका स्थानिय इन्द्रधारा विष्टले जानकारी दिए ।
ऐतिहासिक तिजि पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुग्ने गरेका छन् । यस वर्ष पनि विदेशी पर्यटकहरुको संख्या बढेको र साना तथा ठुला होटलहरु भरीभराउ भएको होटल व्यवसायीले बताएका छन् ।
गत मंसिरमा मुस्ताङे राज जिग्मे पालबर विष्टको निधन भएकाले एक वर्षसम्म हामी उपल्लो मुस्ताङवासी दुःखमा छौँ । त्यसैले यस वर्ष साँस्कृतिक नृत्य भन्दा पुजापाठ बढि हुन्छ । स्थानिय इन्द्रधारा विष्ट भने ।

No comments:

Post a Comment