Saturday, May 13, 2017

माननीय वाणिज्य मन्त्री गौचन स्थानियको नियन्त्रणमा


केशव वि.क
मुस्ताङ ३० बैशाख । स्थानिय तहको निर्वाचन आउन एक दिन बाँकी हुँदा माननीय वाणीज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काँग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानियले नियन्त्रणमा लिएका छन् ।  
स्थानिय तहको निर्वाचनमा मतदाता खरिद गर्न छुसाङ पुगेको आशंकामा वाणीज्य मन्त्री सहितको टोलीलाई बैशाख २९ गते बेलुका १२ बजे करिब ७० जना स्थानियको टोलीले नियन्त्रणमा लिएका हुन् ।
छुसाङबाट मन्त्री सहित बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदका उम्मेदवार नामग्याल गुरुङ, सदस्य प्रेम गुरुङ, सरिला परियार र शान्ती गुरुङलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकाम जोमसोम ल्याईएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए। 
माननीय वाणीज्य मन्त्री गौचन सहितको टोलीले निर्वाचनको आचारसंहिता विपरित गतिविधि बढाएकोे जनगुनासो बढेपछि निगरानी बढाईएको र अन्तमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखलेले बताए । 

मन्त्री गौचन आफ्ना अंगरक्षक, इन्जिनियर सहित कोरला नाका जाने बाहानामा विभिन्न ठाउँमा निर्वाचन आचारसंहिता विपरित मत खरिद गर्न हिँडेको स्थानियले आरोप लगाएका छन् ।
मन्त्री ज्युको टोली रातारात ताङवे, छुसाङ, समर, घिलिङ लगायतका क्षेत्रमा मतदातालाई भेट्न जाने कार्यक्रम थियो नाम नखुलाउने सर्तमा एक जना स्थानियले भने ।  
शनिवार बिहानै देखि विपक्षी राजनीतिक दल र स्थानियले माननीय मन्त्री गौचनको विरुद्ध सदरमुकाम जोमसोममा विरोध प्रदर्शन गरिहेका छन् । कार्यकर्तालाई नियन्त्रणमा लिए पश्चात माननीय सांसद श्रीमाया थकाली सहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय जोमसोममा सर्वदलिय बैठक बसी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
माननीय वाणीज्य मन्त्री गौचनले जिल्लामा पटकपटक आचारसंहिता विपरित काम गरिरहेको जानकारी निर्वाचन आयोगमा पठाईसकेको र अहिले पनि मत खरिदमा संलग्न भएकाले आरोप लागेकाले यस जानकारी पनि निर्वाचन आयोगमा पठाउछौँ । जिल्ला निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेले बताएका छन  ।  
माननीय वाणीज्य मन्त्री गौचनलाई दोस्रो संविधान सभा निर्वाचनमा पनि आर्थिक चलखेल गरी मतदाता खरिद गरेको आरोप लागेको थियो ।  

No comments:

Post a Comment