Thursday, May 11, 2017

थासाङको चौतर्फी विकासका लागि अहोरात्र खटने छुः नविन भट्टचन

    थासाङ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नविन भट्टचन एउटा निःस्वार्थ समाजसेवा गर्ने व्यक्ति हुन् । वि.सं. २०१४ सालमा जन्मिएका उनी आफ्नो अध्ययन पश्चात वि.सं. २०३० साल देखि १३ वर्षसम्म शिक्षण पेशामा आवद्ध भई मुस्ताङमा शिक्षाको ज्योति फैलाउने काम गरे । वि.सं. २०३४ सालमा कम्युनिष्ट पार्टीमा लागेका भट्टचनले नेकपा एमाले जिल्ला कमिटी मुस्ताङको सदस्यमा रही तीन कार्यकाल काम गरिरहेका छन् । उनी २०४६÷०४७ को आन्दोलन र ०६२÷०६३ को आन्दोलनमा सकृय रुपमा लागेका थिए । क्लव, संरक्षणक्षेत्र व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन अध्यक्ष हुँदै सामाजिक संघसंस्था लगायतमा आफुलाई सकृय राख्दै समाजसेवा गरिरहेका छन् । समाजसेवी भट्टचनसंग मुस्ताङ साप्ताहिकका समाचार प्रमुख केशव विकले गरेको कुराकानी । 
 नेकपा एमालेबाट थासाङ गाउँपालिकाको प्रमुख दाबेदारको रुपमा प्रस्तुत हुनु भएको छ । के छ अवस्था ?
    म जनताको हकहितको पक्षमा सदैव लागिरहने पार्टी नेकपा एमालेको तर्फबाट थासाङ गाउँपालिकाको प्रमुखको उम्मेदवारी दर्ता गराएको छु । मलाई पार्टीले यस गाउँपालिकाको विकासका निम्ति आवश्यक ठानेर अघि सारेको छ । थासाङका जनताले पनि एमालेकै नीति र एमालेकै नेतृत्व चाहिरहेको अवस्था हो । एमालेले राष्ट्रिय रुपमै अगाडी सारेका समृद्ध राष्ट्रका एजेण्डाहरुले जनतामा एक किसिमको माहोल सृजना गरेको छ । थासाङ गाउँपालिकामा एमालेको अवस्था राम्रो छ ।
थासाङको लागि नविन भट्टचन योग्य हो ? चुनाव जित्नु हुन्छ ?
    यो त मैले भन्दा पनि जनताले आंकलन गर्ने विषय हो । जनताको चाहना अनुरुप नै मैले उम्मेदवारी दर्ता गराएको हुँ । गाउँ समुदायमा मैले पु¥याएको योगदानको मुल्याङकन सम्पूर्ण जनसमुदायले गरेका छन् । चुनावको दौडानमा पनि स्थानियले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकार गरेका छन् । र एमालेले अगाडी सारेका विकासका एजेण्डालाई सम्पूर्ण थासाङवासीले आत्मसाथ गरेका छन् । जनताले एमालेबाट मेरो उम्मेदवारीलाई खुलेर स्वागत गरेको अवस्था छ । थासाङमा हाम्रो जित सुनिश्चित छ ।
थासाङ गाउँपलिकाको प्रमुखमा तपाईको उम्मेदवारी किन ?
    जीवनको अधिकांश समय समाजसेवामा विताए । गाउँ ठाउँ र समाजको विकासको निम्ति अहोरात्र खटिईरहे र अझै पनि म मा विकास र परिवर्तनको मोह उत्तिकै छ । हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने भावना मेरो अन्तर आत्मामा जिवितै छ । मैले थासाङको समृद्धिका लागि सहि मार्ग निर्देश गरे भने पछिल्लो पुस्ताले अझ राम्रो गर्न सक्नेछन् र मैले जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने चाहनाका साथ समृद्ध थासाङ बनाउने अभियानका निम्ति मेरो उम्मेदवारी हो ।  
जनताले केका लागि तपाईलाई समर्थन गर्ने ?
    सिंगो राष्ट्र र जनताको हकहितको पक्षमा निरन्तर लड्ने एकमात्र पार्टी नेकपा एमाले हो ।        राष्ट्रिय रुपमै एमालेका एजेण्डाहरु लोकप्रिय छन् । र थासाङमा पनि एमालेले विभिन्न विकास निर्माणका कार्यमा आफ्नो अग्रणी भूमिका प्रस्तुत गरिरहेको छ । थासाङमा एमालेलाई अब्बल पार्टी तुल्याउन म निःस्वार्थ भावनाका साथ समाजिक कार्यमा सकृय रुपमा लागिरहेको एउटा कार्यकर्ता हुँ । पछिल्लो समयमा आसन्न स्थानिय तहको निर्वाचनमा यस गाउँपालिकाको नेतृत्व गर्दै जनतालाई प्रत्यक्ष रुपमा विकास अनुभूति दिलाउने दृढ संकल्पका साथ थासाङवासी समक्ष उपस्थित भएको छु । यतिखेर समृद्ध थासाङका बनाउने अभियानमा म र मेरो नेतृत्वलाई जनताको अमुल्य सहयोगको आवश्यकता छ ।
समृद्ध थासाङ बनाउन के छन् त तपाईका एजेण्डाहरु ?
    आदारणीय जनसमुदायहरु हामी गर्छौँ, हामीलाई अवसर दिनुहोस । प्राकृतिक सुन्दरता र सम्पदाले धनी हिमाली जिल्ला मुस्ताङ समृद्ध बनाउन हामी विकासको दृष्टिकोण र उचित खाका सहित जनतासामु प्रस्तुत भएका छौँ । यहाँ प्रशस्त संभावनाहरु छन् । त्यसको पहिचान परिचालन तथा उपयोग गर्न सक्ने नेतृत्वको कमि हो । त्यसका लागि जनताले हामीलाई सुर्य चिन्हमा आफ्नो अमुल्य मतदान     गरी नेतृत्व तहमा पु¥याउन अनुरोध गर्दछु । म विकासको भिजन सहित तपाईसामु आएको छु । मलाई तपाईहरुको साथ चाहिन्छ ।
= मैले थासाङ गाउँपालिकाको समग्र विकासको निम्ति स्पष्ट खाका सहित उपस्थित भएकोछु । र ५ वर्षमा गाउँपालिकामा गर्न सक्ने र दीर्घकालिन विकासका योजनाहरु निर्माण गर्नेछु ।
= थासाङ गाउँपालिकाका प्रत्येक वडामा चक्रपथको अवधारणा अनुसार सडक संजालको विस्तार गरी यातायातको पहुँच पु¥याउनेछु । र थासाङमा वस पार्क निर्माण गर्नेछु । 
= थासाङमा भएका पर्यटकीय स्थलको पहिचान र विकास गरी उल्लेख्य मात्रामा पर्यटक भित्राउने लक्ष्य अनुरुप कार्यक्रम संचालन गर्नेछु । संचार तथा इन्टरनेटको प्रत्येक वडामा पहुँच पु¥याउनेछु ।
= थासाङमा शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्न सुविधा सम्पन्न अस्पताल निर्माण र बहुप्राविधिक कलेजको स्थापना गर्नेछु । थासाङवासीलाई १२ कक्षा सम्म अनिवार्य शिक्षाको व्यवस्था गर्नेछु ।
= यस गाउँपालिकाका जनता बेरोजगार बस्न नपरोस यसका लागि एकघर एक रोजगार व्यवस्था गर्दै विदेशीयका थासाङवासीलाई स्वदेशमै रोजगार र व्यवसायमा लगानी गर्ने वातावरण सृजना गर्नेछु ।
= समाजमा पछाडि परेका दलित, महिला, विपन्न वर्गको जिविकोपार्जनमा सुधार गर्दै स्तरोन्नती गर्न विशेष कार्यक्रमहरु संचालन गर्नेछु ।
= यस गाउँपालिकामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीको     वातावरण मिलाई उद्योगहरु संचालन गरी प्रशस्त रोजगारीको सृजना गर्नेछु र यसलाई व्यवस्थित गर्न औधोगिक ग्राम बनाउनेछु ।
= कृषि तथा पशुपालनलाई आधुनिकीकरण गर्दै अयात घटाई निर्यात बढाउने छु । र वनपैदावारलाई जोगाउने र यसबाट प्रशस्त कच्चा पदार्थको उत्पादन गरी थासाङलाई आर्थिक समृद्धि तर्फ अगाडी बढाउनेछु । 
= लोडसेडिङमुक्त थासाङ बनाउने छु । र कालीगण्डकीमा रहेको गिटी बालुवालाई कानुन सम्मत उत्खनन    गरी निर्यात गर्नेछु । 
 चुनाव जित्नु भो भने यी एजेण्डाहरुलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
    यी विकासका एजेण्डाहरुलाई कार्यान्वयन गर्न कुनै गाह्रो छैन् । जनताले साथ दिनु पर्छ म गर्छु । सर्वप्रथम सम्बन्धीत विषयका विज्ञहरुको समुह बनाई योजना तथा निति निर्माण गर्छु । र यी एजेण्डाहरुलाई जनताको हित अनुकूल विस्तारै कार्यान्वयन गर्दै जान्छु । जसबाट जनताले विकासको महशुस गर्न सकुन । अबको ५ वर्षमा थासाङ समृद्ध गाउँपालिकाको रुपमा आगाडी बढीरहेको हुनेछ ।  
 अन्तमा केही भन्नु छ कि ?
जनताले पाएको संबैधानिक अधिकारलाई नेपाली जनताले स्थानीय तहको निर्बाचनमा आफ्नो अमूल्य मत ब्यक्त गरी आफ्ना प्रतिनीधिहरु मार्फत प्रत्यक्ष रुपमा अभ्यास गर्दैछन् । यस निर्वाचनमा कुनैपनि प्रलोभनमा नपरी देश र जनताको लागि काम गर्ने पार्टी नेकपा एमाले र मेरो उम्मेवारीलाई विजयी गराउनको लागि सुर्य चिन्हमा मतदान गर्नुहुन सम्पूर्ण थासाङवासी जनसमुदायलाई अनुरोध गर्दछु ।
धन्यवाद ।

1 comment:

  1. wish you a best of luck.... and hope you will try to stop the migration problem with positive development...cause i have seen a lot of people migrating to other places like pokhara, butwal, chitwan , kathmandu and so on ...i was born in terai and raise ... we have to face especially the problem like who you are and what is thakali caste in everywhere ...when you go in such a situation then you realize , than you know the value of your own caste , tradition and culture... its not good to say such things in 21st century but somewhere it really hearts... just a few months i got chance to visit mustang on bara barshe mela..and all places to muktinath... it feels so good to see every house with thakali flag and thakali people...so amazing but due to the globalization and for better life ..people are migrating...so i humble request who ever won make sure to stand to stop this movement... and hope in the future i want to settle my life in thasang... the beautiful place where my ancestor evolve.

    ReplyDelete