Thursday, May 11, 2017

काम गरेर देखाउने छुः शर्मिला गुरुङ

केशव वि.क.
मुस्ताङ ।
घरपझोङ गाउँपालिकाको उपप्रमुखको पदकी उम्मेदवार शर्मिला गुरुङले जनताले विकास र समृद्धि चहेकाले जनताको भावना अनुरुप काम गर्नका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको बताएकी छन् ।
विगतका दिन देखिनै समाजको परिवर्तन र विकासको पक्षमा आफ्नो योगदान दिँदै आएकी गुरुङले यस पटक आफु घरपझोङ गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर आश्वासन होइन समाजमा केही गरेर दखाउनुपर्छ भन्ने सोचका साथ जनता सामु आएको र यो अवसर प्रदान गरिदिनको लागि आम मतदातामा गुरुङले आग्रह गरेकी छन् ।
नेपालको संविधानले नेपाली जनतालाई आफ्नो सासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको र गाउँपालिका जिम्मेवार निकाय भएकाले त्यसका लागि अनुभव, ज्ञान शिप र दक्षता भएका प्रतिनिधि आवश्यक पर्ने भएकाले यसका लागि आफ्नो नेतृत्वलाई मतदान गर्न उनले जनतालाई अनुरोध गरेकी छन् ।
समाजका विभिन्न निकायमा सकृय गुरुङ शिक्षण पेसा त्यागि राजनीतिमा आएकी हुन् ।  विकासका निम्ति सक्षम नेतृत्वलाई सबैले साथ दिनुपर्ने उनको भनाई छ । दलित, महिला, बिपन्न वर्गको उत्थान गरी गाउँको समृद्धि र बिकासका लागि ठोस अवधारणा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै प्रलोभनमा नपरी विकासका लागि सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई विजयी गराउँन अपिल गरेकी छन् ।

No comments:

Post a Comment