Sunday, May 28, 2017

कोरला नाका हुँदै चीनद्धारा मुस्ताङीलाई निर्माण समाग्री सहयोग

केशव बि.क.
मुस्ताङ । उत्तरी छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिका लाई करिब ७ करोड भन्दा बढिको निर्माण समाग्री सहयोग गरेको छ । चीनको सीमावर्ती क्षेत्रमा रहेका मुस्ताङको लोमान्थाङ गाउँपालिका र दालोमे गाउँपालिकाका स्थानियलाई चीनले विभिन्न निर्माण सामाग्री सहयोग गरेको हो । 
चीनले उपल्लो मुस्ताङका स्थानियलाई ५ सय टन सिमेन्ट, ५० टन छड, ६ हजार पिस प्लाईउड, १० हजार पिस ब्याम्बू प्लाईउड, ७ हजार पिस उडकिप र ११ हजार पिस जस्तापाता उपलब्ध गराएको इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले जानकारी दिए ।
मुस्ताङका दुई गाउँपालिकाका प्रमुख तथा सरकारी अधिकारीको रोहबरमा करिब ७ करोड ५० लाख बराबरको सामाग्री उपलब्ध गराएको हो । उक्त सामाग्रीलाई कोरला नाका देखि २१ किलोमिटरको दुरीमा रहेको लोमान्थाङ बजार सम्म ल्याउनको लागि चीनले १ लाख ३५ हजार भाडाको पनि व्यवस्था गरिदिएको छ ।
उक्त सामाग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानियलाई वितरण गरी निर्माणका कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्ट ‘राजु’ ले बताए । 
चीनले विगत ५ वर्ष देखि स्थानियको माग अनुसार प्रत्येक वर्ष खाद्यान्न तथा निर्माण सामाग्री सहयोग गर्दै आएको स्थानियले बताएका छन् ।      

No comments:

Post a Comment