Thursday, May 11, 2017

मलाई भोट दिनुहोसः विजय हिराचन

मुस्ताङ । नेपाली कांग्रेसको तर्फबाट घरपझोङ गाउँपालिकाको अध्यक्षको लागि आफ्नो उम्मेदवारी दिएका विजय हिराचनले जनतालाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेका छन् ।     समाजमा भए गरेका विकास निर्माणका कामलाई नयाँ सोँचका साथ अगाडी बढाउनको लागि जनताले स्थानिय तहको निर्वाचनमा आफुलाई मतदान गर्नुपर्ने हिराचनले बताएका हुन् ।
    आम जनताका समस्याहरुको समाधान गरी मुहारमा खुःशी ल्याउनका लागि आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा कांग्रेस आफ्नो उम्मेदवारी दर्ता गराएको बताउँदै उनले जनताको आग्रहलाई स्वीकारी घरपझोङ गाउँपालिकाको प्रमुख भएर जनताको सेवामा लाग्ने प्रभावकारी योजनाका साथ अगाडी बढेको बताए ।
    घरपझोङको सम्पूर्ण पक्षलाई समेटेर अगाडी बढने र दिगो विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बेला आएको उनको भनाई थियो ।
    मैले आफ्नो क्षमताले भ्याएसम्म व्यक्तिगत स्वार्थ भन्दा माथि उठि मुस्ताङवासीहरुका कठिन जनजीवनलाई उकास्ने र प्रजातान्त्रिक हकहितको लागि संर्घषशील रहने प्रतिवद्धता गर्दछु । मैले यस क्षेत्रका गरीब जनताहरुको लागि सदैव समर्पित हुँदै आएको छु र आगामी दिनहरुमा जनताको प्रगति, विकास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चितताको लागि जस्तो सकै कठिन संघर्ष गर्न तयार रहनेछु । हिराचनले भने ।
    जनताले नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउने मा आफु विश्वस्त रहेको बताए । जनताको आस्था र विश्वासको धरोहर नेपाली कांग्रेसले सदैव जनताको पक्षमा काम गर्ने उल्लेख गरे ।
    घरपझोङको चौतर्फी विकास गर्न अगाडी सरेकाले आफुलाई मतदान गर्न सम्पूर्ण स्थानियलाई आग्रह गर्दै घरदैलो कार्यक्रम संचालन गरिरहेको कांग्रेसले जनाएको छ ।

No comments:

Post a Comment