Thursday, May 11, 2017

दाबाका साथ भन्छु म चुनाव जित्छुः नरसिंह शेरचन

    थासाङ गाउँपालिकामा नरसिंह शेरचन कुनै नौलो नाम होईन् । वि.सं. २०१२ सालमा जन्मिएका शेरचन विभिन्न सामाजिक कृयाकलापमा सकृय हुँदै वि.सं. २०४२ लेते धम्पुबाट वडा सदस्य हुँदै वडा अध्यक्ष भए । त्यसपश्चात बहुदल आएपछि क्षेत्र नं. ८ बाट जिविस सदस्य भए । उनले वि.सं. २०५१ सालमा गरिबसंग विश्वस्वर कार्यक्रमको अध्यक्ष भएर समाजसेवा गरे । २०६० मा सुकुम्बासी आयोगको सदस्य र २०६२ मा ज्ञानोदय मावि लेतेको व्यवस्थापन समितिको सदस्य हुँदै अध्यक्ष भएर काम गरे । थाक खेलकुद तथा साँस्कृतिक विकास संघको अध्यक्ष भएर जिल्लामा खेलकुद विकास र संस्कृति संरक्षणमा योगदान दिए । त्यस्तै जिल्लामा शिक्षाको पहँुच पु¥याउन लागिरहे । शेरचन नेपाली कांग्रेसको इकाई सदस्य हुँदै जिल्ला कार्यसमिति सदस्य भएका हुन् । पछिल्लो समय कांग्रेसमा केही पक्षले आफ्नो मनपरी ढंगले पार्टी संचालन गर्न खोजेकाले पार्टी छोडेको बताउने शेरचन अहिले स्थानिय निकायको निर्वाचनमा थासाङ गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । उनै शेरचनसंग मुस्ताङ साप्ताहिकका समाचार प्रमुख केशव वि.कले गरेको कुराकानी ।  
¨ थासाङ गाउँपालिकाको वडा नं. ३ को वडा अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कसरी स्वतन्त्र हुनु भयो ? चुनाव जित्नु हुन्छ ?
    म कुनैपनि राजनितिक दलसंग आबध्द नभई स्थानीय निर्बाचनमा थासाङ गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचन लड्ने निर्णय गरिसकेको छु । अहिले कांग्रेस वा अन्यबाट जो–जो जुन–जुन स्थानमा छन् उनीहरु सबैको म राजनैतिक गुरु हुँ र गणतन्त्रको राज्य व्यवस्था आइसकेको अवस्थामा पनि मुस्ताङमा कांग्रेस भित्र एकाध व्यक्तिको हुकुमी शासन र कांग्रेसलाई आफ्नै पेवा ठानेर अगाडी बढेको हुनाले हामी लोकतान्त्रिक व्यक्ति कांग्रेसको हुकुमी शासन भित्र अटन सकिएन र स्वतन्त्र हुन पुगे । अव रह्यो चुनावी अवस्था हिजो जस्तो पैसाले भोट किनेर निर्वाचित हुने जस्तो रोग अहिलेको चुनावमा भएन भने मतदाताले स्वविवेककले निर्धक्क भएर भएर मतदान गर्न पाएको अवस्थामा दावाको साथ भन्छु म चनाव जित्छु । तर अवस्था र संकेतहरु पुरानै देखिएको छ । भण्डाफोर र चिरफार गरेर जानुपर्ने अवस्था छ । मेरो सिङगो उमेर राजनीति र समाजसेवा र जनप्रतिनीधि भई वितेको हुनाले काम गर्न सक्ने उम्मेदवारको रुपमा जनताले लिएका छन् । जनताको साथ समर्थन मलाई छ । जनता मेरो नेतृत्व चाहन्छन ।
¨ तपाईलाई जनताले किन भोट हाल्ने ?
    सर्वप्रथमत म गरीब दीन दुःखी विपन्न दलित समुदायको पक्षमा सेवा र सहयोग गर्ने र समाजको भलाईको पक्षमा उभिने व्यक्ति हुँ । त्यसमाथि शिक्षा नै समाज विकासको आँखा हो भन्ने शिक्षाप्रेमी पनि हुँ । मैले जीवनको यो समयसम्म आईपुग्दा समाजका लागि संधै आफुलाई समर्पित गर्दै आएको छु । सुकुम्बासी आयोगको सदस्य हुँदा अधिकांश विपन्न समुदायलाई जग्गा र लालपूर्जा उपलब्ध गराए । समाजमा विभिन्न व्यक्तिलाई अप्ठेरो विपद र गाह्रोसाह्रो पर्दा सहयोग पनि गरेको कुरा सबैमा सर्वविधितै छ । निःस्वार्थ र सहयोगी भावनाका कारण म सदैव जनताको साथी र सहयोगीको रुपमा रहेको र विकास चाहने व्यक्ति भएकाले पनि मलाई जनताले मतदान गर्नेछन् । जनताको चाहना नै मेरो उम्मेदवारी हो । त्यसैले जनताको सकारात्मक प्रतिक्रिया पाएको छु । 
¨ चुनाव जित्न÷विकासका लागि तपाईसंग के छन् एजेण्डाहरु ?
    समाज र राष्ट्र विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने बेला हो यो । असल नीति र नेतृत्वको खाँचो छ अबको स्थानिय तहमा । मुस्ताङ स्रोत साधनमा धनी एक हिमाली जिल्ला हो । विकास तथा समृद्धिका लागि यहाँ विभिन्न सम्भावनाहरु छन् । यहाँ सबैहुँदा हुँदै पनि सहि नीति र नेतृत्वको कमिले गर्दा विकासको अग्रगामी छलाङ मार्न नसक्नु सकिरहेका छैनौँ । राष्ट्र निर्माणका लागि स्थानिय तह देखि नै असल व्यक्तित्व र नेतृत्व चयन गर्नु पर्छ । खराब मान्छेलाई हामीले जितायाँै भने समाज अगाडी होइन पछाडी धकेलिन सक्छ । असल नेतृत्व छान्ने जिम्मा तपाई जनताहरुक कै हातमा छ । समाज परिवर्तनका लागि मलाई तपाईहरुको साथ र सहयोग चाहिन्छ । मैले थासाङ गाउँपालिकाको वडा नं. ३ (लेते) बाट प्रतिनीधित्व गर्ने सौभाग्य पाएँ भने । योजनाबद्ध ढंगले यस वडाको विकास तर्फ लाग्ने छु ।  यस वडामा रहेको बाँझो जग्गालाई भोली आउने गाउँपालिकाको नितिसंग नबाझिने गरी लिजको रुपमा विपन्न समुदायलाई उपलब्ध गराई आयआर्जनको अवसर दिलाउने छु । पर्यटन क्षेत्रको विभिन्न विधामा आयआर्जन र रोजगारको अवसर सृजना गर्ने तथा पर्यटन उद्योगमा लगानीको वातावरण बनाउने छु । लेतेलाई एउटा बैकल्पीक बजार र बसपार्कका साथै थासाङ गाउँपालिका भित्र रिङरोडको रुपमा सडक संजाल विस्तार गर्न मेरो ध्यान जानेछ । पर्यटकको बसाई लम्बाउन बैकल्पीक पदयात्रा र भ्यूटावर निर्माण गर्ने, लेते देखि माथि हिमाली फेदसम्म केबुलकारको निर्माण गर्न लगानी जुटाउनेछु । यस वडामा माध्यामिक शिक्षा अनिवार्य बनाउनेछु । त्यसपछि क्याम्पस पनि निर्माण गर्ने लक्ष्य लिएको छु । स्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्न सुविधा सम्पन्न स्वास्थ्य अस्पताल निर्माण, जडीबुटि खेती तथा प्रशोधन, वनपैदावार उपभोग तथा विक्रि वितरण, कालीगण्डकी वगरको गिटी बालुवा विक्री तथा व्यवस्थापन, पशुपालन, दुध उत्पादन, कुखुरा पालन लगातयको श्रोत साधनलाई उपभोग उत्पादन विक्रि गरी आयआर्जन गरी वडा वासीलाई समृद्ध बनाउनेछु । 
¨ तपाईको वडा भित्र रहेका विपन्न, दलित, महिला समुदायको जिवनस्तर उठाउन ठोस योजना के छ ?
    विपन्न, दलित, महिलाको   स्तरोन्नती गर्नलाई मैले विशेष योजना ल्याई एकघर एक रोजगार, एकघर एक उद्योग वा उत्पादनको कार्यक्रम लागु गरी जीवनस्तर उठाउने काममा मेरो भूमिका रहन्छ । सीप भएकालाई सीप मुलक काममा लगाउने र सीप नभएकालाई सीप सिकाई रोजगारी वा व्यवसायमा सहभागी बनाउने वातावरण को सृजना गर्ने र समाजमा प्रत्येक नागरिक सम्मानपूर्वक बाँच्नका पाउने अधिकारलाई सुनिश्चित गर्न तर्फ मेरो ध्यान जानेछ ।
¨ अन्तमा केही भन्नु छ कि?
    हामी संविधान कार्यन्वयन तथा हासिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्ने पहिलो चरणमा छौँ । यसका लागि आगामी बैशाख ३१ गते स्थानिय तहको निर्वाचन हुँदै छ । सो निर्वाचनमा मैले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छु । नरसिंह शेरचन अहिले मात्र नयाँ अनुहार होइन । तपाईहरु सबैले चिनेको सुःख दुःखको साथी हो । मेरो काम कर्तव्य र इमान्दारिता क्षमता पनि तपाईहरुलाई अवगत नै छ । अहिले सम्म गरेको काममा कुनै व्यक्तिगत स्वार्थ लिएको छैन् । कसैलाई पक्ष विपक्ष सानोठुलो धनी गरिब पनि भनेको छैन् सबैलाई समान व्यवहार गर्ने स्वचछ छवि भएको व्यक्ति भएको स्वतन्त्र उम्मेदवारको रुपमा तपाईहरुले मुल्यांकन गर्नु भएको छ । यहाँ आर्थिक चलखेल तथा धाकधम्कीमा चुनाव जित्ने तत्वहरु पनि नभएका होइनन् । तपाईहरु कुनै प्रलोभनमा नपरी यसपटकको स्थानिय निकायको निर्वाचनमा आफ्नो स्वविकेक प्रयोग गरी मलाई थासाङ गाउँपालिका वडा नं. ३ को  अध्यक्ष पदमा जाँतो (घट्ट) चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय  गराउनुस तपाईहरुको मत खेर जाने दिने छैन् । 
धन्यवाद ।

No comments:

Post a Comment