Friday, May 12, 2017

मुस्ताङमा ४२ जना निर्विरोध १३६ जना चुनाव लड्दै

मुस्ताङमा आठ हजार मतदाता
केशव बि.क.
मुस्ताङ । आगामी बैशाख ३१ गते हुने आसन्न स्थानिय तहको निर्वाचनमा हिमाली जिल्ला मुस्ताङमा १ सय ८३ जना उम्मेदवारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । 
जिल्लामा भएका पाँच वटा गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य दुई वडा सदस्य गरी १ सय ८३ जना उम्मेदवारहरु चुनावमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार २ सय ३७ जनाले मनोनयन दर्ता गरेका थिए । १२ जनाले उम्मेदवारी फिर्ता लिएको र ४२ जना निर्विरोध चयन भएका छन । 
तीन ठुला राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु चुनाव लड्ने भएका हुन् ।
त्यसैगरी स्थानिय तहको निर्वाचनमा मुस्ताङबाट ८ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दै छन् । लोमान्थाङ गाउँपालिकाबाट १७ सय, दालोमे गाउँपालिकाबाट १२ सय ७७, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका बाट १८ सय १२, घरपझोङ गाउँपालिकाबाट १६ सय ६८ र थासाङ गाउँपालिका बाट १९ सय ०६ जना मतदाता मतदान प्रक्रियामा सहभागी हुन लागेको जिल्ला निर्वाचन अधिकृत सिताराम शर्मा लामिछानेले जानकारी दिए । 
पाँच गाउँपालिका भएको मुस्ताङमा ३७ वटा मतदान केन्द्र रहेका छन् । 

No comments:

Post a Comment