Thursday, May 11, 2017

मुस्ताङमा एमाले प्रवेशको लहर

मुस्ताङ । मुस्ताङमा विभिन्न राजनीतिक दलमा आवद्ध ३० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गत वैशाख २३ गतेका दिन एक समारोहका बिच कार्यकर्ता पार्टी प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी मुस्ताङले जनाएको छ । देश र जनताको पार्टी एमाले भएकाले र एमालेको नीति तथा सिद्धान्त मन परेकोले एमालेमा प्रवेश गरेको नवआगन्तुक कार्यकर्ताले बताए । पार्टी प्रवेश गर्नेहरुमा कागबेनीबाट टसी धोर्जे गुरुङ, नामग्या गुरुङ, टसी गुरुङ, पेम्बा गुरुङ न्होर्वु गुरुङ, ल्हाक्पा तामाङ, सरिता खत्री, कान्छा खत्री, सोनम आङग्या गुरुङ, टसी गुरुङ मेन्दोक गुरुङ, छिरिङ टसी गुरुङ, छिरिङ न्होर्वु गुरुङ, मुनु नेपाली र सुर्य खत्री रहेका छन् ।
त्यसैगरी मुक्तिनाथबाट छिरिङ न्होर्वु गुरुङ, अर्जुन गुरुङ र छिरिङ नम्दुल गुरुङ ठकुरी, छ्योङगुरबाट ङिमा गुरुङ, तेन्जिङ गुरुङ, राजु ठकुरी, सोनाम वाङदी, झोङबाट ङिमा ढोक्या गुरुङ, खिंगाबाट सन्तोष गुरुङ, सुरेश गुरुङ र फल्याकबाट गोपाल गुरुङ नेकपा एमालेमा प्रवेश गरेका हुन् ।     

No comments:

Post a Comment