Monday, May 15, 2017

लोमान्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा काँग्रेस विजयी

केशव विक
मुस्ताङ । स्थानिय तहको निर्वाचनमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र मध्य मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । लोमान्थाङ गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार काँग्रेसका सुवर्ण विष्टले ६०३ मत प्राप्त गरी विजयी भएका हुन् । 
उनका निकर्तम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टले ४९५ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा काँग्रेसकै पेमा ढोल्मा गुरुङले ६५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकर्तम प्रतिद्धन्द्धी नेकपा एमालेकी पासाङ गुरुङले ३३२ मत प्राप्त गरेकी थिईन् । लोमान्थाङ गाउँपालिकामा पुरुष ७८८ र महिला ९१२ गरी १७०० जम्मा मतदाता थिए ।  
त्यसैगरी मध्य मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा पनि नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार फेन्चोक छेप्तेन गुरुङ ‘धारा’ ले ६५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकर्तम प्रतिद्धन्द्धी नेकपा एमालेका रमेश गुरुङले ६३८ मत प्राप्त गरेका थिए । 
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका ढिकी गुरुङले ६४५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकर्तम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी ढोका गुरुङले ६२८ मत प्राप्त गरेकी थिईन् । बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा पुरुष ८४७ र महिला ९६५ गरी जम्मा १८१२ जना मतदाता थिए ।   

No comments:

Post a Comment