Thursday, May 18, 2017

मुस्ताङका निर्वाचित जनप्रतिनीधिले शपथ ग्रहण गरे

केशव बि.क.
मुस्ताङ । स्थानिय तहको निर्वाचनमा मुस्ताङ जिल्लामा निर्वाचित जनप्रतिनीधिहरुले बिहिवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जिल्लाका पाँच वटै गाउँपालिकाका निर्वाचित पदाधिकारीहरुले गाउँपालिकाको केन्द्रमा एक समारोहका विच शपथ ग्रहण गरेका हुन् । 

जिल्ला सदरमुकामको गाउँपालिका घरपझोङ गाउँपालिकामा मुख्य निर्वाचन अधिकृत यवं माननीय जिल्ला न्यायाधीश बलराम त्रीपाठीले जनप्रतिनीधिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै थासाङ गाउँपालिकामा निर्वाचन अधिकृत रामचन्द्र खड्का, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा निर्वाचन अधिकृत यवं स्थानिय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, दालोमे गाउँपालिकामा निर्वाचन अधिकृत थमनसिंह थापा र लोमान्थाङ गाउँपालिकामा निर्वाचन अधिकृत चिरन्जीवि पौडेलले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 
शपथ ग्रहण पश्चात गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनीधिलाई पद बहाली गरीएको छ । उनीहरुले आजैबाट आफ्नो पदीय जिम्मेवारी र कार्यभार सम्हालेका छन् । 
मुस्ताङका पाँच गाउँपालिका मध्ये थासाङ गाउँपालिकामा बुद्धि प्रसाद शेरचन, घरपझोङ गाउँपालिकामा आस बहादुर थकाली, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा फेन्चोक छेप्तेन गुरुङ ‘धारा’, दालोमे गाउँपालिकामा लोप्साङ छोम्फेल विष्ट ‘राजु’ र लोमान्थाङ गाउँपालिकामा सुवर्ण कुमार विष्टले गाउँपालिका प्रमुखको कार्यभार सम्हालेका छन् ।  

No comments:

Post a Comment