Wednesday, September 14, 2016

पीडित छात्राले न्याय पाउनु पर्छः अनेरास्ववियु

डा. बर्माको अभिब्यत्तिको भत्र्सना

मुस्ताङ साप्ताहिक
मुस्ताङ २९ भाद्र
अनेरास्ववियु जिल्ला कमिटि मुस्ताङले जिल्लाको छुसाङ गाविस स्थित जननर्मल आवासिय प्राविमा शिक्षकले विद्यार्थीलाई गरेको यौन शोषणको गम्भिर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गरेको छ । ज्ञानको मन्दिरमा शिक्षकले विद्यार्थी प्रति गरेको यौन दुब्र्यबहार जस्तो घृणित कार्य शैक्षिक जगतकै कलंक भएको भन्दै अनेरास्ववियुले पीडितलाई न्याय र पीडकलाई यथाशिघ्र कारबहीको दायरामा ल्याउन माग गरेको छ ।

नैतिकताको पाठ सिकाउने शिक्षक अनैतिक बन्दै विद्यार्थी माथि यौन हर्कत गरेको यतिका समय व्यतित भैसक्दा पनि सम्बन्धीत निकाय मौन जस्तै देखिनुले दोषीलाई उन्मुत्ति र पीडित माथि झन पिडा थोपर्ने कार्य भैरहेको अनेरास्ववियुको भनाई छ ।
अनेरास्ववियुले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानविन गरी पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ ।
साथै विज्ञप्ति मार्फत सो घटनाको बारेमा मुस्ताङ साप्ताहिकले प्रकाशन गरेको समाचार प्रति सामाजिक सञ्जाल फेसबुकमा विरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले गरेको “नेपालीको बानी हुन्छ” टिप्पणी प्रति अनेरास्ववियु मुस्ताङले गम्भिर आपत्ति जनाउँदै घोर भत्र्सना गरेको छ ।
अधिकृत जस्तो बौद्धिक सर्कलको ब्यक्तिले गम्भिर घटनामा आफ्नो संकीर्ण अभिब्यक्ति दिनुले दोषीलाई उर्जा दिने कार्य भैरहेको र स्वाभिमान नेपालीको भावनामा धावा बोलेको अनेरास्ववियुको ठहर छ । अपत्तिजनक अभिब्यक्ति दिनुले डा. बर्मा प्रति नैतिकताको प्रश्न उब्जिएको छ । साथै उक्त टिप्पणी प्रति डा. बर्माले स्पष्टिकरण दिनुपर्ने बताईएको छ ।

No comments:

Post a Comment