Sunday, September 11, 2016

मुस्ताङमा भेटिएको मानव कंकाल १२ सय वर्ष पुरानो

मुस्ताङ साप्ताहिक/मुस्ताङ
जिल्लाको उपल्लो मुस्ताङमा भेटिएको एक मानव कंकाल १२ सय वर्षअघिको भएको पत्ता लागेको छ।
मुस्ताङको सामजोङको एक गुफामा फेला परेको मानव कंकाल ई.स. ८०० को भएको जनाइएको हो। एक महिनाअघि फेला परेको सो कंकाल २० देखि ३४ वर्षबीचको पुरुषको रहेको बताइएको छ।
उक्त अनुसन्धानमा पुरातत्वविद्, मानव कंकाल विशेषज्ञ, प्राचीन डिएनए विशेषज्ञ, मानव जिनोम विशेषज्ञ र प्राचीन धातु तथा कपडा विशेषज्ञहरु संलग्न थिए।
मुस्ताङको सामजोङ इलाकामा सो समूहले केही गुफाहरु उत्खनन् गरेको कुरा ‘द हिमालयन टाइम्स’ले जनाएको छ।
सो अनुसन्धान पुरातत्व विभागसँगको सहकार्यमा भएको जनाइएको छ।

No comments:

Post a Comment