Thursday, September 8, 2016

मुस्ताङमा शिक्षा र साक्षरता दिवस मनाइयो

मुस्ताङ साप्ताहिक
मुस्ताङ २३ भाद्र
समृद्ध राष्ट्र निर्माणको लागि, जिवन उपयोगी शिक्षामा लगानी भन्ने उदघोषका साथ मुस्ताङमा बिहीबार एक औपचारीक समारोहका बिच ३७ औ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।
सदरमुकाम जोमसोमको सभाहलमा जिल्ला शिक्षा समिति मुस्ताङले समारोहको आयोजना गरेको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि सांसद श्रीमाया थकालीले समृद्ध राष्ट्र निर्माणको लागि शिक्षाको गुणस्तर सुधार, जिवनउपयोगी र ब्यवहारीक बनाउनुपर्नेमा जोड दिईन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले शिक्षामा भएका विकृति हटाउँदै शिक्षाको गुणस्तर माथि उकास्न शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी रविन्द्र तिवारी, जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने, नेपाली कांग्रेसका न्हुर्वु गुरुङ, नेकपा एमालेकी सम्झना थकाली, नेकपा माओवादी केन्द्रका विशाल विक, नेरेसो सभापति चन्द्र बहादुर थकाली, पूर्व जिविस सभापति भक्ति हिराचन, नेपाल शिक्षक महासंघ मुस्ताङका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, संस्थागत विद्यालयको तर्फ वाट चन्द्र बहादुर गुरुङ, नेपाल शिक्षक संघका अध्यक्ष अनन्तराज आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रेम गौतम, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भेषराज बास्तोला र विद्यार्थीको तर्फबाट मनप्रसाद विकले मन्तव्य ब्यक्त गरेका थिए ।
जोमसोम र वरपरका विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागीतामा जोमसोम एयरपोर्ट बजारमा निकालीएको ¥याली जोमसोम सभाहलमा पुगेर सभामा परिणत भएको थियो । सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी र शिक्षा सेवीहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा जनहित उमावि, धौलागिरी आवासिय मावि र जनकल्याण निमाविका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम नि.स्थाविअ रविन्द्र तिवारीको अध्यक्षता र लक्ष्मण देवकोटाको सञ्चालनमा संम्पन्न भएको थियो ।

No comments:

Post a Comment