Saturday, September 24, 2016

मुस्ताङमा अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यशाला गोष्ठी सम्पन्न

मुस्ताङ साप्ताहिक/मुस्ताङ
हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा आश्विन ४ गते मङलबारदेखि संचालित अस्पताल व्यवस्थापन सुदृढीकरणसम्बन्धी कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको छ । नेपाल स्वास्थ्य मन्त्रालयको आयोजना र निक साईमन्स ईस्न्टिच्युटको सहयोगमा कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।     कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका सदस्य महेन्द्र शेरचनले अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन आधुनिक उपकरण तथा दक्ष जनशक्ति उपलब्ध हुनुपर्ने बताए । उनले अस्पताल सुधारका लागि सरोकारवाला सबै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । सोही कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय निर्देशक डाक्टर तारानाथ पौडेलले अस्पतालबाट सरकारले व्यवस्था गरेअनुसार गुणस्तरीय सेवासुविधा प्रवाह गर्नुपर्ने बताए ।
    जिल्ला अस्पतालले गर्नुपर्ने उपचारात्मक सेवाको कामलाई पूर्णता दिन र शतप्रतिशत नतिजा हासिल गर्न÷गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएका छन् । गोष्ठीमा जिल्ला अस्पताल म्याग्दीका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ट डा. रोशन न्यौपाने, जिल्ला अस्पताल पर्वतका डा. फणिन्द्रप्रसाद बराल र मुस्ताङ अस्पतालका डा. राम शर्मा सुवेदीले आ–आफ्नो अस्पतालमा भएका सेवासुविधा र सुधार गर्नुपर्नेलगायतका विषयको प्रस्तुती गरेका थिए ।
    गोष्ठीमा अस्पताल व्यवस्थापन सुदृढीकरण गर्ने सम्बन्धमा जिल्ला जिल्लाको समूहमा छलफल र अन्तत्र्रिmया गरिएको छ । म्याग्दी, पर्वत र मुस्ताङको जिल्ला अस्पतालका कुल ४२ जना सहभागी गोष्ठीको निक साईमन्स ईस्न्टिच्युटका फोकल पर्सन शारदा शाह र कार्यक्रम अधिकृत प्रशान्तबिक्रम शाहीले सहजीकरण गरेका थिए ।
    दुई दिनसम्म संचालित गोष्ठीको मुस्ताङ अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष खगेन्द्र तुलाचनको अध्यक्षता, सदस्य चन्द्रबहादुर थकालीको स्वागत र अस्पतालका नायब सुब्बा विकास थापा मगरको सञ्चालनमा शुरु भएको थियो । 

No comments:

Post a Comment