Sunday, September 25, 2016

लेतेमा रणनिति पत्र तर्जुमा ३ दिने कार्यशाला शुरु

 मुस्ताङ साप्ताहिक/मुस्ताङ
मुस्ताङको लेतेमा आश्विन ८ गते देखि महिला संस्थाको अवस्था विश्लेषण तथा रणनिति पत्र तर्जुमा ३ दिने कार्यशाला शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय मुस्ताङको आयोजना र जनजागृति महिला बहुउद्देश्यीय सहकारी संस्था लेतेको ब्यवस्थापनमा कार्यशाला संचालन गरिएको हो ।  
 यसैवर्ष दर्ता भएको जनजागृति महिला बहुउद्देश्यीय सहकारी संस्था लेतेको कार्य समिति र साधारण सदस्य गरी ३० जनाको सहभागितामा संचालित कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत सावित्रा शाह र महिला विकास निरिक्षक सरीता थकालीले गरेका छन् ।
    संस्थाको सबल र दुर्बल पक्षको विश्लेषण गरी भावि रणनिति तर्जुमा गर्ने र गाविसको मुख्य समस्या सम्बोधन गर्ने गरी निति बनाउने र कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, चुनौती र सम्भाव्यताको अध्ययन गरी रणनैतिक योजना बनाउने महिला विकास अधिकृत शाहले जानकारी दिईन् ।
    सो अवसरमा जनजागृति महिला बहुउद्देश्यीय सहकारीको आयोजनामा महिला पुरुष सम विकास ३ दिने तालिम संचालन गरिएको छ । सामाजिक लिंग भेदका बारेमा जानकारी गराई यसका असर प्रभाव र चुनौतीहरुको स्वमुल्याङकनको अवसर दिई विद्यमान महिला पुरुष विचको भेदभाव हटाई समतामुलक समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।  

No comments:

Post a Comment