Friday, September 30, 2016

नेकपा एमाले मुस्ताङको जिल्ला अधिवेशन सुरु

नेकपा माओवादीका पूर्व सचिव सहित ५० जना एमालेमा प्रवेश

मुस्ताङ साप्ताहिक
मुस्ताङ, १४ आश्विन

    राष्ट्रको स्वाभिमान, एकता र समृद्धिका लागि संविधान कार्यान्वयन गरौँ पार्टी सांगठनिक र वैचारिक क्षमता वृद्धिका लागि अभियान संचालन गरौँ भन्ने मुल उद्घोषका साथ नेकपा एमाले जिल्ला कमिटि मुस्ताङको छैँटौँ जिल्ला अधिवेशन शुक्रवार देखि जोमसोममा सुरु भएको छ ।
    पानसमा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश नं. ४ का सहसंयोजक गणेश तिमिल्सिनाले खुःशी नेपाली र समृद्ध नेपाल एमालेको मुख्य एजेण्डा भएकाले देश बनाउने भिजनका साथ राष्ट्र निर्माणका लागि नेकपा एमालेले अगुवाई गर्नुपर्ने बताए । देशको विकास र सबै वर्गको हकहितको पक्षमा कामगर्ने एकमात्र पार्टी एमाले भएको भन्दै तिमिल्सिनाले एमाले लाई समर्थन गर्दै सबै सक्रिय रुपमा लाग्नुपर्ने बताए ।
    त्यसैगरी व्यवस्थापिका सांसद श्रीमाया थकालीले नेपाली जनताको पार्टी एमाले भएको भन्दै समृद्ध राष्ट्र निर्माणका लागि सबै एक ठाउँमा उभिनुपर्ने विचार ब्यक्त गरिन् । पैसाको चलखेलका कारण २०७० सालको निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेले पराजय भोग्नु परेको भन्दै थकाललीले पैसाको लागि आफ्नो अधिकार नबेच्न आग्रह गरिन् ।
    उद्घाटन समारोहमा बोल्दै सांसद महेन्द्र शेरचनले संगठन बलियो भएमात्र पार्टी बलियो हुने भएकाले सबै पक्षलाई समेटेर अगाडी बढनुपर्ने बताए । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्द्रमोहन गौचनले पार्टीलाई विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै एमाले विकासवादी पार्टी भएकाले देश विकासको लागि नेकपा एमालेलाई सहयोग गर्न आग्रह गरे ।     कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सचिव माधव पौडेल, केन्द्रिय लेखा आयोगका द्धय विद्या ढकाल र ढाकाराम अर्याल, नेकपा एमालेका पूर्व सभासद चन्द्र बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका प्रतिनीधि सुक बहादुर बि.क, भूपू सहायक मन्त्री नरबहादुर हिराचन, अनेम संघकी सचिव सुन्देवी रसाईली, निजामति कर्मचारी संगठनका अध्यक्ष मोतिलाल चपाई, नेपाल शिक्षक संगठनका अध्यक्ष प्रेम प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र, क्रान्तिकारी) पार्टी परित्याग गरि नेकपा माओवादीका पूर्व सचिव रिङजिङ नामग्याल गुरुङ सहित ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    नेकपा एमाले जिल्ला कमिटि मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको अध्यक्षमा भएको उद्घाटन समारोहको स्वागत पार्टीका उपसचिव आस बहादुर थकाली र पार्टीका सचिव देव गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment