Sunday, September 25, 2016

शिक्षक संघको अध्यक्षमा आचार्य

मुस्ताङ साप्ताहिक/मुस्ताङ
शिक्षक नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा अनन्तराज आचार्य अध्यक्षमा चयन भएका छन । आश्विन ८ गते जनआदर्श उमावि कोवाङमा भएको नेपाल शिक्षक संघको ८ औँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । संघको महिला उपाध्यक्षमा लक्ष्मी देवी लम्साल, उपाध्यक्षमा जीवनाथ शर्मा, सचिवमा गोविन्द प्रसाद श्रेष्ठ, सहसचिवमा लोक बहादुर कार्की र कोषाध्यक्षमा सुकदेवि गौचन रहेका छन् ।
त्यसैगरी महिला सदस्यमा खुनाकुमारी न्यौपाने, सदस्यहरुमा दयाराम रेग्मी, नारायण प्रसाद तिमिल्सिना, तुलप्रसाद गौचन, खुमचन्द्र चापागाई, तुलसीनाथ सुवेदी र सनदेवी थकाली रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनीधिहरुमा रामु प्रसाद श्रेष्ठ, प्रमेश गौचन र शारदा शेरचन चयन भएका छन् । मनोनित सदस्य एवं प्रतिनीधिहरु कार्य समितिको बैठकले मनोनित गर्ने बताईएको छ ।

No comments:

Post a Comment