Thursday, September 15, 2016

१६ औँ भूपि स्मृति पुस्तकालय तथा अभिनन्दन समारोह सम्पन्न

यूके पौडेल, कोवाङ
१६ औँ भूपि स्मृति पुस्तकालय तथा अभिनन्दन समारोह भाद्र २९ गते एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।  कार्यक्रममा कवि भूपिको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मिर मुखिया इन्द्र बहादुर तुलाचनले नेपाली साहित्यमा कवि भूपिले पु¥याएको योगदानको स्मरण गर्दै भूपि पुस्तकालयको सबैले संरक्षण गर्नुपर्ने बताए । त्यसैगरी जनआदर्श उमावि कोवाङका प्रअ टिकाराम शर्माले विद्यालय र पुस्तकालय एकअर्काका परिपूरक भएकाले पुस्तकालयका विभिन्न पुस्ताकको अध्ययन गर्न आग्रह गरे । साथै उनले कवि भूपिले नेपाली साहित्यको विकास र विस्तार गर्न विशेष योगदान पु¥याएको स्मरण गर्दै सम्मान व्यक्त गरे ।
कार्यक्रममा वशन्त शेरचन, आनन्दमान शेरचन, हेमन्त गौचन, भिम गौचन लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ८० वर्ष भन्दा माथिका उमेर समुहका हिमालध्वज तुलाचन, भक्ति प्रसाद गौचन, लालप्रसाद गौचन, सतदेवि शेरचन, मनबहादुर गौचन र धनबहादुर तुलाचनलाई सम्मान गरिएको थियो ।
 कार्यक्रममा अवसरमा वक्तृत्वकाल प्रतियोगिता र खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा जनआदर्श उमावि कोवाङका रेखा गौचन, संगिता गर्बुजा र असिम मगर क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए । त्यस्तै लोकगीत प्रतियोगितामा नर्साङ दिपज्योति आमा समुह खन्ती प्रथम, गुरुसाङमो आमा समुह नाउरीकोट द्धितिय र जागरण महिला समुह सौरुले सान्त्वना स्थान हासिल गरेको छ ।
सो अवसरमा आनन्दमान शेरचनले पुस्तकालय विकासको लागि ५ हजार सहयोग गरेका थिए । कार्यक्रम वशन्त शेरचनको अध्यक्षता, गिरीसिंह शेरचनको स्वागत र सुकदेवि गौचनको संचालनमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment