Tuesday, September 6, 2016

मैत्रीपूर्ण फुटबल खेलमा सिबिए बिजयी

मुस्ताङ साप्ताहिक संवाददाता
मुस्ताङ २१ भाद्र
    निजामति कर्मचारी दिवसको अवसरमा मंगलबार आधिकारिक ट्रेड युनियन (सिबिए) मुस्ताङले आयोजना गरेको सिडिओ एघार भर्सेस सिबिए एघार बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सिबिए बिजयी भएको छ ।
    सिबिए एघारले सिडिओ एघारलाई ३ का बिरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । सिबिएको तर्फबाट पहिलो गोल नारायण ढकाल, दोस्रो प्रकाश डाँगी, तेस्रो चौँथो र छैठौँ गोल डा.आश्विन थकाली र पाँचौ गोल अर्जुन गुरुङले हानेका थिए । त्यस्तै सिडिओको तर्फबाट महेश पौडेल र राजकुमार नेपालीले गोल हानेका थिए ।
    सोही अवसरमा आयोजना गरिएको कार्यालय प्रमुखहरुको २०० मिटर दौडमा प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले ३६ सेकेण्डमा दौड पुरा गर्दै प्रथम भएका छन् । त्यस्तै द्धितिय कृषि विकास बैँकका प्रमुख महेश पौडेल र तृतिय जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने भएका छन् ।
    त्यसैगरी अन्य कर्मचारी बिच भएको २०० मिटर दौडमा नवराज शर्मा प्रथम, रविन पाइजा द्धितिय र राजु नेपालीले तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै महिला कर्मचारी बिचको २०० मिटर दौडमा कालिका चौधरी प्रथम, अनिसा आचार्य द्धितिय र सिर्जना खड्का तृतिय भएका छन् । 
    उल्लेखित कार्यक्रम अन्तर्गत भोली बुधवार प्रभात फेरी कार्यक्रम, जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण र कविता प्रतियोगिता संचालन गरिने सिबिए सदस्य राजु नेपालीले जानकारी दिए । 
   


No comments:

Post a Comment