Saturday, September 24, 2016

कोवाङमा एक व्यक्ति मृत अवस्थामा फेला

मुस्ताङ साप्ताहिक÷मुस्ताङ
आश्विन ७ गते शुक्रवार मुस्ताङको कोवाङ गाविस स्थित एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । टुकुचेका ५५ वर्षिया ओमबहादुर परियार धौलागिरी युवा क्लवको कभर्ड हलको गेट अगाडी मृत अवस्थामा भेटिएका हुन् ।     मृतक परियारले अत्याधीक मात्रामा मदिरा सेवन गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरी चौकी कोवाङले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवनका कारण परियार बाटोमा लड्को र लड्ने क्रममा आँखाको मुनिपट्टि गम्भिर चोट लागेको र नाक भाँचिएकोले नाक मुखबाट अत्याधीक रक्तस्राव भई मृत्यु भएको हो ।
मृतक परियारको सव देखेपछि त्यहाँ नजिकैका एक होटल संचालकले राती २ बजे प्रहरीलाई खबर गरेका थिए । परियारको सव शुक्रवार नै एम्बुलेन्स मार्फत जिल्ला अस्पताल जोमसोममा ल्याई पोष्ट मार्टम गरिएको जनाइएको छ ।

No comments:

Post a Comment