Monday, September 12, 2016

जोमसोमको गाउँ परिषद् सम्पन्न

मुस्ताङ साप्ताहिक/मुस्ताङ
विभिन्न योजनाहरुमा बजेट विनियोजन गर्दै जोमसोम गाविसको गाउँ परिषद् आईतवार मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न भएको छ ।
आ.व. ०७३÷०७४ मा जोमसोम गाविस पँुजीगत अनुदान तर्फको अनुमानित आयव्यय विवरण अन्तर्गत मोरग्युङ झोलुंगे पभल म्याचिङ फण्ड, बालबालिका लक्षित कार्यक्रम, पहिला लक्षित कार्यक्रम, आदिवासी जनजाति, दलित, पिछाडिएको क्षेत्र संरक्षण, कृषि सम्बन्धी कार्यक्रम, प्रवद्र्धनात्मक कार्यक्रम र भौतिक पूर्वाधारका योजनामा लगानी गर्न स्थानियले माग गरेका थिए । सो अवसरमा आ.व. ०७४÷०७५ मा आवश्यक योजना तर्जुमा गरिएको थियो ।
चालु आ.व. ०७२÷०७३ मा विभिन्न योजनामा जोमसोम गाविसका लागि ४६ लाख ७७ हजारको बजेट सिलिङ आएको जोमसोमका गाविस सचिव राममणि ढकालले जानकारी दिए । गत वर्ष जोमसोम गाविसका लागि १७ लाख ४० हजार २० रुपैयाँ बजेट विनियोजन भएको थियो ।   


No comments:

Post a Comment