Friday, September 9, 2016

मैले छात्रालाई यौन शोषण गरेको छैनः शिक्षक गुरुप्रसाद

मुस्ताङ साप्ताहिक
मुस्ताङ २४ भाद्र
मुस्ताङ साप्ताहिकले भाद्र २१ गते प्रकाशन गरेको “मुस्ताङका शिक्षक गुरुप्रसादले छोडेनन् आफ्नै शिष्य पनि” शिर्षकको समाचारको जननर्मल आवासिय प्रावि छुसाङका तत्कालिन प्रअ गुरुप्रसादले खण्डन गरेका छन् । समाचार खण्डनमा गुरुप्रसादले फरक राजनैतिक विचार भएका तत्वहरुले क्रमश घटनाको एकएक जाल रचि विद्यार्थीलाई उक्साई मैले गर्दै नगरेको कपोकल्पित घटनाको नाटक रचना गरी झुट प्रचार गरिएको असत्य र मनगढन्ते कुरा भएको उल्लेख गरेका छन् ।
तत्कालिन प्रअ सापकोटाले कक्षा २ मा अध्ययन गर्ने १२ वर्षिया बालिकालाई पटक पटक यौन दुब्र्यबहार गरेको खुलासा भएको थियो । सापकोटाले पिडित छात्रालाई अधिकांश समय आफ्नो ब्यक्तिगत काममा लगाउने र यौन शोषण गर्ने गरेको विभिन्न निकायको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
मुस्ताङ साप्ताहिकको अनलाइन पेज मुस्ताङ साप्ताहिक ईखबरमा प्रकाशित समाचार प्रति असहमति जनाउँदै शिक्षक गुरुप्रसादले गरेको समाचारको खण्डन तल दिइएको  छ ।

No comments:

Post a Comment