Thursday, September 29, 2016

जोमसोममा कर शिविर संचालन हुने

मुस्ताङ साप्ताहिक/मुस्ताङ
मुस्ताङको सदरमुकाम जोमसोममा आश्विन १४ र १५ गते कर शिविर संचालन हुने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङ र उद्योग वाणिज्य संघ मुस्ताङको सहयोगमा आन्तरिक राजस्व कार्यालय पोखराले कर शिविर संचालन गर्न लागेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सूर्य सुर्खानीको नेतृत्वमा ४ जनाको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय जोमसोममा कर शिविर संचालन गर्न लागेको कोष नियन्त्रक गोकर्णराज सुयलले जानकारी दिए ।
दुई दिन सम्म संचालन गरिने शिविरमा स्थायी प्यान नम्बर उपलब्ध गराउने, कर संकलन गर्ने र कर विवरण लिने बताईएको छ । उक्त कर शिविरमा उपस्थित भई मौकाको फाईदा उठाउन कोलेनिकाले सम्पूर्ण उद्योगी ब्यवसायीलाई आग्रह गरेको छ ।   

No comments:

Post a Comment