Thursday, September 15, 2016

मुस्ताङमा पढाई सीपको विकास तथा प्रर्वधन कार्य सम्पन्न

मुस्ताङ साप्ताहिक / मुस्ताङ

हिमालपारिको जिल्ला मुस्ताङमा नेपाल सरकार र अमेरीकी सहयोगी सँस्था यूयसएडको आर्थिक तथा प्राविधिक सहयोग तथा सहकार्यमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत शैक्षिक सत्र ०७३ का प्रारम्भीक कार्यहरु सम्पन्न भएका छन् ।सामुदायिक विद्यालयका प्रारम्भीक कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको पढाई सीपको विकास तथा प्रर्वधनको निमित्त सँचालित कार्यक्रम अन्र्तगत जिल्ला स्तरमा १, श्रोत केन्द्र स्तरमा ५ तथा विद्यालय स्तरमा ७ वटा अभिमुखिकरण कार्यक्रमहरु सम्पन्न भएका छन् ।
उक्त अभिमुखिकरण कार्यक्रमहरुमा राप्रकपका लक्ष्य तथा उद्धेश्यहरुको बारेमा स्पष्ट पारिएको जिल्ला शिक्षाकार्यलय मुस्ताङका शाखा अधिकृत तथा राप्रकपका फोकल पर्सन लक्षमण देवकोटाले जानकारी दिए ।
उनका अनुसार विश्वका विकासउन्मुख देशका बालबालिकाहरुको पढाई सिप कमजोर रहेको साथै विशेष गरि दक्षिण एसियाका देशहरुमा नियमित स्कुल जाने २० करोड बालबालिकाहरुको सिकाईको अवस्था अत्यन्तै कमजोर रहेको पृष्ठभुमिमा मुस्ताङ जिल्लामा पनि प्रारम्भीक कक्षाहरुमा अध्ययन गर्ने बालबालिकाहरुको पढाई सिपमा सुधार ल्याउनको लागि यो कार्यक्रमको शुरुवात गरिएको हो ।
पहिलो चरण अन्र्तगत कार्यक्रमले जिल्लामा शिक्षासँग सरोकार राख्ने सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्दै आगामी शैक्षिक सत्र देखि जिल्ला भरिनै सघनरुपमा यसका गतिविधिहरु सँचालन गरिने जिल्ला शिक्षा अधिकारी एवं जिल्लास्थित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम समन्वय समितिका संयोजक केशरीरमण न्यौपानेले जानकारी दिए ।
प्रारम्भिक कक्षामा अध्ययन गर्ने बालबालिकाहरुमा प्रयाप्त पढाई सिपको विकास गर्न सकेमा समग्र विषयहरुमा अपेक्षीत सिकाई उपलब्धी हाँसील गर्न सकिने र जसको लागि मातृभाषाको माध्यमबाट अध्यापन कार्यमा बढवा, ब्यवस्थापन समिति, समुदाय तथा परिवार स्तर सम्म पढाई सिपलाई विकास गर्नका निमत्त उपयुक्त बातावरण निर्माण गर्नु पर्नेमा प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक बुद्धि बल थापा मगरको भनाई छ ।
सहयोगी सँस्था युएसआईडीको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यालय मुस्ताङ तथा आरटिआई ईन्टरनेशनलको समन्वयमा मुस्ताङ लगायतका १६ जिल्लामा कार्यक्रम संचालन भैरहेको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।

No comments:

Post a Comment