Friday, September 30, 2016

हजारौँ तीर्थयात्रीले कागबेनीमा पिण्ड तर्पण गरे

केशब बि.क.
मुस्ताङ १४ आश्विन

    कागबेनी आएर पिण्डदान गरे पुण्य लाभ मिल्छ र अनि पितृ पनि खुःशी हुन्छन भन्ने विश्वासका साथ मुस्ताङमा श्राद्ध गर्न आएको हुँ । चितवनका कृष्णराम सापकोटाले भने । उनी श्राद्ध गर्न मुस्ताङ आएका हुन् । उनी संगै १२ जनाको ग्रुप मुस्ताङमा श्राद्ध गर्न आएको छ ।
 विगतका वर्ष देखि नै सोह्रश्राद्ध सुरु भएको दिनदेखि मुस्ताङ आउने तीर्थयात्रीको घुँईचो लाग्ने गरको छ । देशका विभिन्न ठाउँका श्रद्धालु भक्तजनहरु मुस्ताङमा पितृलाई पिण्ड तर्पण गर्न आएका छन् । पितृलाई खुःशी पार्दै पुण्य कमाउन स्याङजाका नरहरी कार्की पनि मुस्ताङ आएका छन् । कागबेनीमा श्राद्ध गरे पुण्य मिल्ने उनको तर्क छ । उनी संगै श्राद्ध गर्न आउनेको भिड पनि ठुलै छ ।
सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहिआएको छ। सोह्रश्राद्धको अन्तिम दिनसम्म सडक तथा हवाई मार्ग भएर मुस्ताङ आउने तीर्थयात्रीको सङ्ख्या बढेको हो। हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ र कागबेनीमा बर्षेनी हजारौँको संख्यामा नेपाल तथा भारताका तीर्थयात्रीहरु आउने गरेका छन् । 
    आश्विन कृष्ण प्रतिपदा देखि सुरु भएको सोह्रश्राद्ध शुक्रबार सकिएको छ । आश्विन १४ गते शुक्रबार सम्ममा करिब ५० हजार तीर्थयात्रीले काली र गण्डकीको संगम स्थल कागबेनी पुगेर पिण्ड तर्पण गरेको पण्डित हरि सापकोटाले जानकारी दिए ।
    नेपालका हिन्दु हुन या भारतिय हिन्दु प्रत्येक वर्ष आश्विन र चैत महिनाको कृष्ण प्रतिपदा तिथिमा पितृलाई पिण्डदान गरि पुण्य लाभ लिन कागबेनीमा आउने गरेका छन् ।  मुस्ताङको यातयातमा भएको सिण्डिकेटको अन्त्य भएसंगै श्रद्धालु भक्तजनहरु आफ्नै ठाउँबाट सवारी साधन बुकिङ गरी अर्थात आफ्नै सवारी साधन लिएर मुस्ताङमा आएका छन् ।
    गत वष भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पको कारण कागबेनीमा पितृतर्पण गर्न एकदमै न्यून मात्रामा धार्मिक पर्यटक भित्रिए पनि यस वर्ष भने त्यसमा उल्लेख्य रुपमा सुधार आएको र धेरै धार्मिक पर्यटक भित्रिएको बताइएको छ पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।
धार्मिक, आन्तरिक पर्यटकको सिजन सुरु भएसंगै यहाँका होटलहरु पनि भरिभराउ भएका हुन् । होटलहरुमा दिनानुदिन अतिथिहरुको चाप बढिरहेको होटल ब्यबसायीहरु बताउँछन् । मुस्ताङमा धार्मिक तथा आन्तरिक पर्यटकको चाप बढेपछि यहाँका फुटकर÷खुद्रा ब्यापारीहरुको व्यापार पनि सप्रिएको छ । चाडपर्वको सिजन संगै स्याउ टिप्ने र ढुवानी गर्ने समय भएकाले पनि मुस्ताङमा अहिले चहलपहल बढिरहेको छ ।

No comments:

Post a Comment