Monday, September 12, 2016

मुस्ताङका होटलमा अनिवार्य गेष्ट ईन्ट्री गर्नुपर्ने

मुस्ताङ साप्ताहिक
मुस्ताङ २७ भाद्र
प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत प्रहरी र होटल व्यवसायी बिच सोमबार पुथाङ एयरपोर्ट जोमसोममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोक्न अपराध र विकृति मिलौँ नागरिक र प्रहरी भन्ने उद्घोषका साथ जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले मुस्ताङ सीमावर्ती जिल्ला भएकाले यहाँ मानिसहरु धार्मिक र मनोरञ्जनका लागि मात्र नभई कुनै अपराधिक उद्देश्यले पनि आउने गरेकाले मुस्ताङमा संचालित होटलहरुमा अनिवार्य रुपमा गेष्ट ईन्ट्री रजिष्टारको ब्यवस्था गर्न आग्रह गरेका थिए । साथै उनले होटल व्यवसायलाई मर्यादित बनाउनको लागि अवैध मदिरा बेचबिखनलाई निरुत्साहित गर्दै होटलमा बालश्रमिकको प्रयोग गर्न नहुने बताए ।
संभावित हुन सक्ने घटनालाई नियन्त्रण गर्न बेलुकी १० बजेपछि होटल बन्द गर्न प्रहरीले निर्देशन दिएको छ । साथै जुवातास नियन्त्रण प्रहरीको पहिलो एजेण्डा भएकाले जुवातास खेल्न खेलाउन बन्द गर्न सवैलाई सचेत गराइएको छ ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन र एयरपोर्टका मुखिया सुकेन्द्र थकालीले नियम पालना गर्न सम्पूर्ण व्यवसायी प्रतिवद्ध रहेको उल्लेख गरे ।
प्रनाउ योगीको अध्यक्षतामा र डमबहादुर धिगांलको संचालनमा सम्पन्न भएको कार्यक्रममा एयरपोर्टका होटल ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।     


No comments:

Post a Comment