Monday, September 12, 2016

थाक ५ गाउँ उद्धार समितिको अध्यक्षमा थकाली

मुस्ताङ साप्ताहिक/मुस्ताङ
थाक पाँच गाउँ उद्धार समितिको अध्यक्षमा आस बहादुर थकाली चयन भएका छन् । थाक पाँच गाउँ अन्तर्गतका जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानियहरुको भेलाले भाद्र २६ गते थकालीको अध्यक्षतामा १९ सदस्यिय कार्य समिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा आस बहादुर थकाली र श्यामप्रसाद लालचन रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा महेन्द्र थकाली, झिनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धन बहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्र बहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हिराचन, सुर्यमान लालचन, चन्द्रकुमारी हिराचन र फूलमति ज्वारचन रहेका छन् । त्यस्तै थाक पाँच गाउँका गाउँ मुखियाहरु पदेन सदस्य रहेको अध्यक्ष आस बहादुर थकालीले जानकारी दिए ।

No comments:

Post a Comment